परासी २७ चैत ।
श्रीमतीको विभत्स हत्या गरेर फरार रहेका होमबहादुर बिकलाई प्रहरीले आज बिहान पक्राउ गरेको छ । श्रीमतीको हत्यापछि मधेस हुँदै भारत छिर्ने योजना बनाएका बिकलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको थियो ।
जिल्लाको अर्खला गाविसको कोखेका २४ वर्षीय विक आफ्नी श्रीमती रीता विकलाई बुधबार दिउँसो धारिलो हतियारले घाँटीमा हिर्काएर दुई टुक्रा पारेर फरार भएका थिए ।
नवलपरासीका प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायका अनुसार श्रीमतीको हत्या गरी फरार भएको विक १२ घण्टा नबित्दै धौवादीको हुहुर्रे डाँडाबाट आज बिहान पक्राउ परेका हुन् ।
हत्या गर्नुको कारण खुलेको छैन । उनलाई जिल्ला प्रहरी कार्यालयमा लगिँदै छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline