महिला हिंशा रोक्ने डिजिटल प्रयास

महिला हिंशा रोक्ने डिजिटल प्रयास

  • बिहिबार, चैत्र २६, २०७१
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

महिलाका लागि बलात्कार , हत्या , यातना , शारीरीक तथा मानसिक शोषण र तनाव आजको युगमा पनि सर्वत्र कायमै छ । यसलाई रोक्न विभिन्न खाले कार्बाही र अभियान चले पनि महिलालले मुक्तिको सास फेर्न सकेको देखिदैन । यस्तै हिंशा निरोधको अभियानमा एक विद्युतीय सूचनाको माध्यमबाट नयाा प्रणाली सञ्चालन हुने भएको छ ।
तपाई कुनै दिदी बहिनीहरु पीडामा पर्नु भएको छ भने तपाई अब प्रहरीमा जाहेरी लेख्ने समय कुर्ने वा वकिलको सहयताको खोजीमा लाग्नु पूर्व तत्काल ०१–५००८७२७ मा फोन गरी आफ्नो समस्या उुजुरी गर्न सक्नु हुन्छ , जसले द्रुत गतिमा तपाईलाई न्याय दिलाउने पहल गर्न सक्ने छन् अभियानकर्ताहरुले । यदी फोन गर्न असमर्थ हुनुहुन्छ भने मोवाईलबाट भि ए डब्लु ( ख्ब्ध् ) टायप गरी स्पेस दिएर आफ्नो समस्या लेखी २००५ मा एसएमएस पनि गर्न सक्नु हुने छ । यो तरीकाबाट महिला हिशाबारे जानकारी लिने र न्युनीकरणमा सहयोग पुर्याउने दिशामा प्रविधिको परीक्षण काठमाण्डौं उपत्यकामा भईरहेको छ ।
युवा आविष्कारक विभुषण विष्टले यस्तो प्रविधिको बारेमा अवगत गराउदै यसलाई अझ परिस्कृत गरेर लान सके उपयोगी हुने बताए । उनले नेपालमा बनेको यो प्रविधिले डाटा राखेर तीन तरीकाबाट आएका उजुरीलाई एकीकृत गरी सम्बन्धित ठाउमा सम्प्रेषण गर्न सकिने बताउछन् ।
यो प्रविधिको कार्यन्वयन पक्ष भने जटिल रहेको दुर सञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनाल बताउ‘छन् ।
तर विश्व वैंक र युवा आविष्कार नामक संस्थाले शुरु गरेको यो अभियान प्रभावकारी हुने र यसले सजिलो सग‘ हिशाका घटनालाई व्यवस्थापन गर्न सकिने नेपाल प्रहरीकी नायब महानिरीक्षक विमला थापाको दावी छ । तर यस्तो सूचना अविलम्ब प्रहरीसमक्ष जम्मा भएमा कार्बाही सहज हुने बताउछीन ।
सयौं लिखित उजुरी र गुनासाहरु गर्ने महिलाहरुले समेत न्याय पाउन नसकेको बताईदै आएको छ । यस्तोमा डिजिटल पद्दतिवाट आउने उजुरीलाई आधार मानेर कार्बाही गर्न कत्तिको संभव छ त ? स्पष्ट कानुनको अभावमा प्रभावकारी कार्बाहीहरु हुन नसकेको राष्ट्रिय महिला आयोगकी प्रवक्ता मोहना अन्सारी बताउछिन् । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका उपसचिव खड्ग बहादुर रानाले यो तरीकाबाट हिशाको निगरानी गर्ने, हुन लागेको हिशा रोक्न मद्धत पुर्याउने विश्वास व्यक्त गर्छन् । महिलामाथिका जघन्य अपराध अझै नरोकिएको बेला यस्तो प्रविधिबाट केही न्युनीकरण गर्ने प्रयास हुने अपेक्षा राखे पनि यसको प्रयोग कसरी हुने हो त्यो भने अब हेर्न बाकी नै छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी