प्रहरीले नै १३ वर्षीया बालिका बलात्कार गरी गर्भवती बनाएपछि..

प्रहरीले नै १३ वर्षीया बालिका बलात्कार गरी गर्भवती बनाएपछि..

  • बिहिबार, चैत्र २६, २०७१
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

डोटी, २६ चैत ।

डोटीको घण्टेश्वर प्रहरी चौकीमा कार्यरत प्रहरी जवानलाई १३ बर्षिया बालिका बलात्कारको आरोप लागेको छ । पीडित बालिकाका आफन्तलजनले बैतडी जिल्ला घर भई हाल डोटीको गैरास्थित घण्टेश्वर प्रहरी चौकी कार्यरत प्रहरी जवान कमानसिं बोहरालाई बालिका बलत्कार गरेको आरोपमा कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय डोटीमा किटानी जाहेरी सहित उजुरी दिए पछि बलत्कारको घटना बाहिर आएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक डम्बरबहादुर चन्दका अनुसार किटानी जाहेरीका अधारमा आरोपित प्रहरी जवान बोहरालाई जिल्ला प्रहरी कार्यालय डोटीको निगरानीमा राखिएको छ, भने पीडित बालिकालाई स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल डोटी पठाइएको छ । प्रहरी नायव उपरीक्षक चन्दले भन्नु भयो –दोषी ठहरीय जवरजस्ती करणी अन्तर्गतको आरोपमा मुद्दा दायर गर्छौ ।

बिद्यालय जाने क्रममा साइकलबाट लडेर हात भाच्चिएपछि उपचारकै क्रममा रहेकी बालिकालाई कैलालीको अत्तरीयास्थित निजी अस्पतालमा पिशाव जांच गरेपछि गर्व रहेको तथ्य फेला परेको थियो ।

आफन्तवाट सोध पुछ पछि आफ्नो घरबाट फुपुको घर जाने क्रममा राति साढे सात बजेतिर जंगलमा लगेर प्रहरी जवान बोहराले जबरजस्ती करणी गरेको बताएकी छन् ।

बलात्कार पश्चात आरोपित जवान बोहराले कसैलाई नभन्नु पछि बिहे गर्छु भनि आश्वासन दिएको बताइएको छ ।
आरोपित प्रहरी जवान बोहराको घरमा श्रीमती र छोरा छोरी रहेका छन् ।

घटना चैत ९ गतेको भए पनि चैत १४ गते बालिका साईकलबाट लडेर उपचार गराउने क्रममा अस्पताल भर्ना गर्दा बलत्कार भएको पत्ता लागेको हो ।

पीडित बालिका स्थानीय बिद्यालयमा कक्षा ७ मा अध्यायन गरिरहेको बताइएको छ । पीडितका आफन्तले सदरमुकाम सिलगढीस्थित बिभिन्न निकायसंग निश्पक्ष छानबिन र दोषीलाई कडा कारबाहीको दायरामा ल्याउन सहयोग गर्न माग गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी