पथरीशनिश्चरे प्लाष्टिक मुत्त क्षेत्र घोषणा

पथरीशनिश्चरे प्लाष्टिक मुत्त क्षेत्र घोषणा

  • बिहिबार, चैत्र २६, २०७१
  • मिर्मिरे अनलाइन

  • 17.3K
    SHARES

 पथरी, २६ चैत ।

पथरीशनिश्चरे नगर क्षेत्रमा शुक्रबारदेखि प्लाष्टिक मुक्त क्षेत्र घोषणा भएको छ। नगरपालिकाले आफनो प्रस्तावित भवन निर्माणस्थल पथरीशनिश्चरे ८ स्थित भुटानी शरणार्थि क्याम्प अगाडि एक बृहत कार्यक्रमको अयोजना गरि पथरीशनिश्चरे नगरपालिका क्षेत्र खुल्ला प्लाष्टिक मुक्त क्षेत्र घोषणा भएको हो।

ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी निरीक्षक रुद्रप्रसाद चुडालले नगर क्षेत्रलाई राम्रो बनाउने वा नबनाउने बिषयमा नगरबासीले चासो दिएमा कार्यक्रम सफल हुने बताए।

पथरीशनिश्चरे नगरपालिका खुल्ला प्लाष्टिक मुक्त शहर घोषणा भई सकेको हुँदा फोहोर मैला ब्यवस्थापनलाई चुनौति दिएर कार्यक्रमलाई रद्ध बनाउन खोजेमा कानुनी कारबाहीको तयारी रहन सुझाब समेत दिए।

पथरीशनिश्चरे नगरपालिका कार्यलय प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार खाम्यहाङका अनुसार नगरपालिका कार्यलयले प्लाष्टिक झोला, थैला नियन्त्रण कार्यबिधि २०७१ सार्वजनिक गर्दै कारबाहीको गर्ने बताए।

पथरीशनिश्चरे नगरपालिका कार्यालय मोरङ, पथरीशनिश्चरे उद्योग बाणिज्य संघ मोरङ पथरी जेसिज मोरङ, शान्ति सामुदायिक बन उपभोत्ता समिति पथरी बजार फोहोर मैला ब्यबस्थापन समिति मोरङले संयुक्त रुपमा कार्यबिधि निर्माण गरी यही चैत १२ गते स्वीकृति भएको जारी कार्यबिधिमा उल्लेछ छ।

निषेधित क्षेत्रमा प्रथम पटक प्लाष्टिकको झोला बोक्ने ब्यक्तिलाई ५० रुपैया जरिवाना गर्ने पटकेमा पर्ने ब्यक्तिलाई पटकै पिच्छे एक सय रुपैया जरिवाना गर्ने र बिक्रेतालाई पथम पटक तीन सय तथा पटकेमा पर्नेलाई पाँच सय रुपैया जरिवाना गर्ने हुने छ।

सरकारले तोकेको कानुन अनुसार १ लाखदेखि ३ महिनासम्म कैदको ब्यवस्था समेत रहकोले नगरपालिका कार्यालयले तोकेको स्थान वा समय बाहेक फोहोर मैला फालिए, कण्टेनर वा टोडफोड गरिए, हानिकारक पदार्थ तथा बस्तु फालिए जनस्वास्थ्यमा असर गर्ने प्रकृतिका बस्तु फालिएमा कानुनी कारबाही गरिने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी