ज्येष्ठ नागरिकलाई सम्मान गरौं

ज्येष्ठ नागरिकलाई सम्मान गरौं

  • बिहिबार, चैत्र २६, २०७१
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

आजका युवापुस्ता ज्येष्ठ नागरिकको लामो अनुभव, दक्षता र ज्ञानको अनुसरण गर्दै अघि बढ्नुपर्ने र उनीहरुलाई सम्मान गर्नुपर्ने आवाज हाम्रो समाजमा विस्तारै उठ्दै गएको पाइएको छ ।

वृद्धवृद्धाको सम्मान र आदर गर्नुपर्ने तथा उनीहरुको जिउने अधिकारको रक्षा गर्नुपर्छ भन्ने चेतना अभिवृद्धिका साथ नयाापुस्तालाई त्यसबारे जागरुक बनाउन नेपालमा पनि वृद्धवृद्धासम्बन्धी कार्यक्रम, छलफल तथा सरकारीस्तरबाट विविध गतिविधि हुादै आएको छ ।

अन्तर्राष्ट्रियस्तरमा पनि वाट्सम इन्स्टिच्युट जस्ता संस्थाले समय बित्दै जाादा मानिसको शरीरमा आउने परिवर्तनका सम्बन्धमा अध्ययन–अनुसन्धान गरेका छन् ।

वाटस्म इन्स्टिच्युटले मुसा तथा अन्य प्राणीमा गरेको अध्ययनबाट वैज्ञानिकहरु केही कुरामा भने सहमत भएका छन् । सोअनुसार मानिसको शरीरभित्रका विभिन्न तत्व डिएनए, प्रोटिन, बोसोजनिक पदार्थ, कोषिका र तन्तुहरु बिग्रिने प्रक्रिया बढेर नै शरीरमा परिवर्तन आउाछ । बुढो हुादै जाादा आाखा, कान, मुख, नाक, छाला, कपाल, हाडजोर्नी तथा मान्सपेसीमा परिवर्तन आउाछ ।

त्यस्तै पाचन प्रणाली, यौन आकर्षण, मानसिक परिवर्तन तथा मधुमेह, हाडजोर्नीको बाथ, मुटु र अबुर्द रोग लाग्ने सम्भावना बढ्नुका साथै डिमेन्सिया र डिप्रेसनका लक्षण पनि देखिने गर्दछ ।नेपालमा कानुनी भाषालाई केलाएर हेर्दा ६० वर्ष उमेर पुगेका व्यक्तिलाई ज्येष्ठ नागरिक भन्ने गरिएको छ ।

उनीहरुलाई बाजे, बज्यै, अजाअजी, बूढाबूढी, पाको मान्छे, अनुभवी मान्छे, सीप भएका वा ज्ञानी मान्छे, समाजका अगुवा, घरमुली, राष्ट्रका निधि, हजुरआमा, हजुरबा, वृद्धवृद्धा, पुराना मान्छे, उहिलेका जमानाका मान्छे आदिबाट पनि सम्बोधन गरिन्छ । यो समाजपिच्छे फरकफरक शब्दबाट ज्येष्ठ नागरिकको परिभाषा गर्ने गरिएको पाइन्छ ।

विकसित मुलुकमा ६५ वर्ष वा सोभन्दा माथि उमेरका मानिसलाई बुढ्यौली समूहमा राख्ने गरिएको पाइन्छ । हाल संसारभर ज्येष्ठ नागरिकको सङ्ख्या कुल जनसङ्ख्याको १० प्रतिशत रहेको र आगामी केही वर्षपछि यो सङ्ख्या बढेर १५ प्रतिशतको हाराहारीमा पुग्ने अनुमान गरिएको छ ।

अहिले विकसित देशहरुमा ज्येष्ठ नागरिकको सङ्ख्या बढिरहेको छ भने विकासोन्मुख देशहरुमा पनि यो सङ्ख्या बढ्दो क्रममा छ । गरिब देशहरुमा बूढापाकाको जनसङ्ख्या बढ्दो क्रममा छ । सन् १९९० मा जापानमा ज्येष्ठ नागरिकको हिस्सा १२ प्रतिशतको हाराहारीमा थियो भने हाल २१ प्रतिशत पुगेको अनुमान गरिएको छ ।

विकसित देश जर्मनी, फ्रान्स, संयुक्त अधिराज्य तथा जापानमा सन् २००२ मा क्रमश: २४ प्रतिशत, २०.५ प्रतिशत, २०.८ प्रतिशत तथा २४.३ प्रतिशत रहेकामा यो बढेर सन् २०२५ मा ६० वर्ष उमेर नाघेका ज्येष्ठ नागरिकको सङ्ख्या क्रमश: ३३.२ प्रतिशत, २८.७ प्रतिशत, २९.४ प्रतिशत र ३५.१ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

सो अवधिमा चीनमा १३.१ प्रतिशतबाट २८.६ प्रतिशत, भारतमा ७.६ प्रतिशतबाट १३.१ प्रतिशत र नेपालमा ६.५ प्रतिशतबाट १२ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

नेपाल सरकारले ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ ले ६० वर्ष उमेर पूरा गरेका नागरिकलाई ज्येष्ठ नागरिक भनी परिभाषित गरेको छ ।

नेपालको अहिलेको जनसङ्ख्या करिब दुई करोड ८० लाख रहेको प्रारम्भिक अनुमान गरिएको छ ।    नेपालमा पनि ज्येष्ठ नागरिकको जनसङ्ख्या वृद्धिदर बढ्दो क्रममा छ ।

सन् १९५२ मा ६० वर्षमाथिको जनसङ्ख्या चार लाख नौ हजार ७६१ अर्थात ५.० प्रतिशत रहेकामा त्यसमा वृद्धि भई सन् २०११ सम्ममा करिब २० लाख अर्थात ७.१ प्रतिशत पुगेको अनुमान गरिएको छ ।

संसारभर एकातिर जन्मदर र मृत्युदर घट्दो छ भने बूढाबूढीको सङ्ख्या भने बढ्दोछ । शारीरिक दुर्वलताका आधारमा नेपालका कतिपय समुदायका व्यक्ति ४० वर्ष पूरा हुनेबित्तिकै आफू बूढो भएको महसुस गर्दछन् ।

जेरियाट्रिक सेन्टर नेपालका अध्यक्ष कृष्णमुरारी गौतमले आफूले तयार पारेको बुढ्यौली जीवन नामक पुस्तकमा सामान्य अवस्थामा शारीरिक एवम् मानसिकरुपमा कमजोरीपन देखापर्ने अवस्थालाई वृद्धावस्था भन्ने गरिएको र यस्तो अवस्थामा प्रवेश गरेपछि मानिसको छाला चाउरी पर्ने, सुनिने र देख्ने शक्ति कम हुने, हातखुट्टा काम्ने, ढाड कुप्रिने, पाचनशक्ति कमजोर हुने आदिले दूरावस्थामा पुग्ने उल्लेख गर्नुभएको छ ।

उहााका अनुसार नेपालमा अन्य उमेर समूहका मानिसका बारेमा जति अध्ययन अनुसन्धान भएका छन् त्यसको तुलनामा ज्येष्ठ नागरिकको अवस्थाबारे पर्याप्त अध्ययन अनुसन्धान भएको छैन ।

पुस्तकमा गौतमले अमेरिकामा पनि ६५ वर्ष पूरा भएका नागरिकलाई वृद्ध मानिने गरिएको र उनीहरुलाई वृद्धले पाउनेसरह सुविधा प्रदान गरिएको उल्लेख गर्नुभएको छ ।

६५ वर्ष उमेरलाई बूढेसकाल मानेर अवकाससम्बन्धी कार्यक्रम ल्याउने पहिलो मुलुक जर्मनी हो । विश्व स्वास्थ्य सङ्गठनले ६० वर्ष उमेर पुगेकालाई बूढाबूढीको सूचीमा राखेको छ र सम्मानपूर्वक ज्येष्ठ नागरिक पनि भन्ने गरेको छ ।

नेपालमा पनि जागिरको दृष्टिकोणबाट बढीमा ६० वर्षसम्ममा अवकाश हुने उमेर तय गरिएको सो पुस्तकमा उल्लेख छ । मानिसको बााच्ने अधिकतम् उमेर कतिसम्म हुनसक्छ भन्ने कुरा अहिलेसम्म यकिन हुनसकेको छैन ।

फ्रान्सका जेन काल्मेन्ट १२२ वर्ष बााचिन् । सबैभन्दा बढी बााचेको पुरुषमा जापानका सिजेचियोको नाम गिनिज बुकमा रेकर्ड गरिएको छ । उनी १२० वर्ष २३७ दिन बााचेका थिए ।

सन् २००८ को तथ्याङ्कअनुसार सबैभन्दा बढी औसत आयु भएको देश जापानमा जापानीको सरदर आयु ८१ वर्ष रहेको छ । बुढ्यौलीका कारणबाट विश्वमा प्रत्येक दिन करिब एक लाख मानिस मर्ने गरेका छन् ।

देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानका सदस्य अश्विन पुडासैनी नेपालमा वृद्धवृद्धाले भोगिरहेका समस्याप्रति खासै अध्ययन–अनुसन्धान नभए पनि केही चासो राख्ने काम भने सुरु भएको बताउनुहुन्छ ।

उहााका अनुसार सन् १९९५ मा नेपाल सरकारले सर्वप्रथम ७५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई मासिक रु १०० वृद्धभत्ता उपलब्ध गराएर सम्मान गरेको थियो, हाल सो रकम बढेर प्रतिमहिना रु ५०० पुगेको छ ।

स्थानीय विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष ०६७/६८ मा सामाजिक सुरक्षा भत्ता पाउनेको सङ्ख्या ११ लाख ५५ हजार पुगेको छ भने ७० वर्ष नाघेका ज्येष्ठ नागरिकको सङ्ख्या छ लाख ३५ हजार पुगेको छ ।

आव ०६८/६९ मा सामाजिक सुरक्षा भत्ताका लागि करिब रु नौ अर्ब विनियोजन गरिएको छ । पुडासैनीका अनुसार नेपालमा ज्येष्ठ नागरिकको प्रमुख समस्या भनेको स्वास्थ्य र सेवासुविधा नै हो ।

सरकारले ज्येष्ठ नागरिकको परिभाषा र पहिचान त गरिदिएको छ, तर यथोचित सम्मान र संरक्षण गर्ने नीति तथा कार्यक्रम भने हालसम्म तयार गर्नसकेको छैन ।

यद्यपि ज्येष्ठ नागरिक ऐन, २०६३, राष्ट्रिय ज्येष्ठ नागरिक नीति तथा कार्यनीति, २०५८, ज्येष्ठ नागरिक राष्ट्रिय कार्ययोजना, २०६२, नि:शुल्क स्वास्थ्योपचार र सुविधा कार्यक्रम, क्षेत्रीय तथा केन्द्रीयस्तरमा वृद्धाश्रम र दिवासेवा केन्द्रको संस्थागत सुदृढीकरणका लागि अनुदान उपलब्ध गराइएको छ ।

नेपालमा ज्येष्ठ नागरिकको सवालमा काम गर्ने सयभन्दा बढीको सङ्ख्यामा दिवासेवा केन्द्र तथा वृद्धाश्रम सञ्चालनमा रहेका छन् भने २०० भन्दा बढीको सङ्ख्यामा यिनको सवालमा काम गर्ने सङ्घसंस्था रहेको अनुमान गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी