रौतहट आजबाट साम्य

रौतहट आजबाट साम्य

  • बुधबार, चैत्र २५, २०७१
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

गौर चैत्र २५ । झण्डै दुई सातादेखि दुई सरकारी कार्यलय चन्द्रनिगाहपुरमा सार्ने निर्णय विरुद्ध गौरमा भईरहेको आन्दोलन फिर्ता भएको छ । गएराति अवेर सम्म जिल्ला प्रशासन कार्यलय र आन्दोलनकारीबीच भएको वार्तामा शसस्त्र प्रहरीको गाडीको ठक्करबाट मृत्यु भएका ६१ वर्षे राम आशिस ठाकुरका परिवारलाई उचित क्षतिपुर्ति दिलाउने , शहीद घोषणाका लागि प्रकृया अघि बढाउने, रौतहट घटनाको सत्यतथ्य छानविन गरी दोषीमाथि कार्बाही गर्ने लगायतका विषयमा सहमति भए पछि आन्दोलन फिर्ता भएको हो । हाल सम्म भएको झडपमा परी तीन दर्जन बढी मानिसहरु घाईते भएका थिए । रौतहट जिल्ला प्रशासन प्रमुख मदन भुजेलले गएरातिको सहमति पछि आन्दोलन फिर्ता भएर परिस्थिति सामान्य भएको बताउनु भयो । नापी र मालपोत कार्यलय सहित केही सेवा केन्द्र गौरबाट चन्द्र निगाहपुरमा सार्ने सरकारको निर्णयको विरुद्धमा त्याहा आन्दोलन भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी