रौतहट, २५ चैत ।
सरकारले दिएको सुविधा फेरि खोसिएको भन्दै चन्द्रनिगाहपुरमा भने हिजैदेखि रिले अनशन सुरु भएको छ । उद्योग वाणिज्य संघ तथा कांगे्रस, एमालेलगायत दलका प्रतिनिधिहरु रिले अनसनमा पालैपालो बस्ने जनाइएको छ ।
रौतहटको २२ गाबिसका जनतालाइ सहज हुने गरी नापी र मालपोत सेवा केन्द्र चन्द्रनिगाहपुरमा राख्ने निर्णय भए पनि सरकारले फिर्ता लिएको थियो ।
आन्दोलनकारीले चन्द्रनिगाहपुर चौकमा सांकेतिक रुपमा नापी र मालपोत कार्यालयको सेवा केन्द्रसमेत खोलेका छन् । सरकारले गरुडा र चन्द्रनिगाहपुरमा सेवा केन्द्र दिने घोषणा नगरेसम्म शान्तिपुर्ण आन्दोलन जारी रहने उद्योग वाणिज्य संघ चन्द्रपुरका अध्यक्ष बासुदेव अधिकारीले बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline