डोटी २५ चैत।
डोटी जिल्लामा पहिलो पटक दैनिक पत्रिका प्रकाशन हुने भएको छ । नयाँ डोटेली आवाज नयाँ बर्षको अबसर पार्दै दैनिक रुपमा प्रकाशन हुने भएको छ ।
प्रस्ताबित बिम्ब मिडिया सोसाईटीले प्रकाशन गर्न लागेको पत्रिकाको सँस्थापक सम्पादक शंकर थापा, सम्पादक रामहरी ओझा, कार्यकारी सम्पादक रोजेन्द्र जोशी, सह– सम्पादक दिर्ध खत्री र समाचार प्रमुख कर्ण चन्द रहने निर्णय गरिएको छ ।
बिगत १६ बर्ष देखी डोटी जिल्ला सदरमुकाम सिलगढीबाट प्रकाशन हुने पत्रिका नयाँ बर्षको अबसर पार्दै दैनिक रुपमा सुरु गर्ने निर्णय गरिएको सँस्थापक सम्पादक शंकर थापाले बताए ।
बिगत लामो समय देखी कुनै पनि दैनिक पत्रिका प्रकाशन नभएको डोटीबाट डोटेली आवाज नयाँ बर्ष देखी निरन्तर प्रकाशन हुने सम्पादक रामहरी ओझाले बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline