झापामा एमाओवादीको बन्द जारी, जनजिबन कष्टकर

झापामा एमाओवादीको बन्द जारी, जनजिबन कष्टकर

  • बुधबार, चैत्र २५, २०७१
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

झापा २५ चैत  ।

तीन दिने नेपाल बन्द आब्हान गरेको ३० दलीय मोर्चाले आमहडताल फिर्ता लिने निर्णय गरेपनि झापामा भने बन्द कायम रहेको छ ।

मोर्चाको बन्द फिर्ता भएपनि एमाओवादी जिल्ला अध्यक्ष धर्मशिला चापागाई केन्द्रीय सदस्य झलक सिंह दर्लामी संघीय समाजबादीका केन्द्रीय सदस्य धन प्रसाद गुरुङ्ग कार्यकर्ताहरु बिनोद मण्डल र कृतिनिधि गौतमलाई प्रहरीले गिरप्तार गरिएको बिरोधमा बन्द जारी राखेको हो ।

माओवादी निकट युवा संगठन वाइसिएलका जिल्ला सदस्य सुबास खड्काले हामीलाई दिएको जानकारी अनुसार गिरप्तार गरिएका आफ्ना नेता कार्यकर्ताको रिहाइ नगरे सम्म बन्द जारी रहने माओवादी झापाले जनाएको छ।

बन्दले झापाको जनजीबन प्रभावित भएको छ । केहि सवारी साधनहरु फाट्टफुट्ट चलेका छन् भने केहिलाई प्रहरीले स्काटिंग गरेर सन्चालन गरेको बताइएको छ ।

जिल्ला अध्यक्ष धर्मशिला र केन्द्रिय सदस्य झलक दर्लामीलाइ आन्दोलनबाट  गिरप्तार गरिएको भएपनी अरु कार्यकर्तालाई आफ्नो घरमा काम गरिरहेको अवस्थामा घरबाट नै धरपकडको शैलीमा गिरपतार गरिएको माओवादीले आरोप लगाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी