मयार्दा मिच्दै विदेश भ्रमण गर्दै उच्चपदस्थ नेता तथा प्रशासक

मयार्दा मिच्दै विदेश भ्रमण गर्दै उच्चपदस्थ नेता तथा प्रशासक

  • बुधबार, चैत्र २५, २०७१
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौ, २५ चैत ।

उच्चपदस्थ नेता तथा प्रशासकको विदेश भ्रमणमा देखिएका विकृति केलाउँदै भ्रमण मापदण्ड तयार गर्ने काम प्रधानमन्त्री कार्यालयमा भइरहेकै बेला अर्थमन्त्री रामशरण महत ग्लोबल आईएमई बैंकको शाखा उद्घाटन गर्न बैंककै खर्चमा गत साता अस्ट्रेलिया पुगे ।

मापदण्ड बनाउने कार्यदलले गरेको छलफलका क्रममा निजी कम्पनी, एजेन्ट, दातृ निकाय, गैरसकारी संस्थाको खर्चमा विदेश भ्रमण गर्न प्रधानमन्त्री, मन्त्री र उच्चपदस्थ कर्मचारीलाई रोक लगाउने सुझाव आइरहेको छ ।

‘अर्थमन्त्रीले कुनै कम्पनीको भ्रमण गर्नु नै कन्फिलक्ट  अफ इन्ट्रेस्ट आकषिर्त हुने कुरा हो,’ एक अधिकारीले भने, ‘फेरि मन्त्री बैंकको शाखा उद्घाटनमा अस्ट्रेलियासम्म पुग्नु पदीय मर्यादाविपरीत हो ।’

नेपाल एयरलाइन्सले हालै भित्र्याएको एयरबसका लागि रुट हेर्न भन्दै पर्यटनमन्त्री दीपक अमात्यले एमालेका निवर्तमान अध्यक्ष झलनाथ खनाललाई लिएर दुई साताअघि हङकङ र चीन घुमेका थिए ।

मर्यादा बिर्सेर विदेश भ्रमण गर्ने प्रवृत्ति बढदै गएको छ । उद्योग मन्त्रालयकी सहसचिव यामकुमारी खतिवडा सुरक्षासम्बन्धी तालिममा सहभागी हुन हालै अमेरिकाको हवाईमा गएकी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी