बोक्सीको आरोपमा कुटपिट गर्नेलाई कैद सजाय

बोक्सीको आरोपमा कुटपिट गर्नेलाई कैद सजाय

  • बुधबार, चैत्र २५, २०७१
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

राजविराज, २५ चैत ।

सप्तरी जिल्ला अदालतले बोक्सीको आरोपमा कुटपिट गर्नेलाई रु १० हजार जरिवाना र सात महिना कैद सजाय सुनाएको छ ।

सो अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले पाँच महिनाअघि बोक्सीको आरोपमा कुटपिट गर्ने रञ्जनादेवी सदालाई सो फैसला सुनाएको अदालतका श्रेस्तेदार नवराज दुलालले बताएका छन् ।

यसैगरी किशुनदेव सदा, रेणुदेवी सदा र देवनारायण सदालाई जनही रु सात हजार जरिवाना र चार महिना कैदको सजाय सुनाइएको छ ।

शम्भुनाथ नगरपालिका– १० का अनिरुद्ध सदाका पाँच वर्षीय बालकको निमोनियाले मृत्यु भएपछि सकुन्तीदेवी साहले टुनामुना गरी मारेको रञ्जनादेवी सदाले भनेपछि स्थानीयले कुटपिट गरेका थिए ।

स्थानीय सदाहरुले सकुन्तीदेवी साहलाई आगोमा झोसेर हत्या गर्ने प्रयास गरिरहँदा इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक छेदीलाल कामतीको टोलीले साहलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाएका थिए ।

घटनामा संलग्न रहेको भन्दै प्रहरीले किसुनदेव सदा, रेणुदेवी सदा, रञ्जनादेवी सदा, देवनारायण सदालाई पक्राउ गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ