आमहडताल फिर्तापछी बिपक्षी मोर्चामा बिबाद (विज्ञप्ती सहित)

आमहडताल फिर्तापछी बिपक्षी मोर्चामा बिबाद (विज्ञप्ती सहित)

  • बुधबार, चैत्र २५, २०७१
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

काठमाडौँ २५ चैत।

आन्दोलनरत बिपक्षी ३० दलीय मोर्चाले आम हडताल फिर्ता लिए लगत्तै बिबाद उत्पन्न भएको छ । निर्णयप्रति उपेन्द यादव नेतृत्वको मधेशी जनअधिकार फोरमले कडा अपात्ती व्यक्त गरेको छ ।

पार्टी अध्यक्ष उपेन्द्र यादवले एक विज्ञप्ती जारी गर्दै ३० दलीय विपक्षी मोर्चाले चैत्र १ गते गरेको निर्णय विपरित आम हड्ताल फिर्ता लिएर मधेसी, जनजाति र उत्पीतिवर्ग लगायत आम जनतालाई धोका दिएको ठहर गरेको छ ।

विज्ञप्तीमा सत्तासीन दल नेपाली कांग्रेस नेकपा एमालेले बहुमतको दम्भले जनभावना विपरीत संविधान बनाउन उद्दत रहेको र तिनका विरुद्ध सार्थक संविधानका लागि जनता सडकमा ओर्लिसकेको र आन्दोलन निणायक चरणमा पुगिसकेको अवस्थामा आम हड्ताल फिर्ता लिएर मोर्चाेले गम्भीर गल्ती गरेको जनाएको छ ।

त्यस्तै कुमार लिङदेन अधक्ष रहेको संघीय लिम्बुवान पार्टी नेपालले पनि बिज्ञप्ति जारि गरेर आम हडताल फिर्ता लिएको प्रति बिरोध जनाएको छ ।

बिज्ञप्तिमा भनिएको छ तीन दिने बन्दको शुरुको दिन चैत्र २३ गते देशभर ३० दलीय नेता कार्यकर्ताले साहसका साथ् राज्य को मुकाबिला गरे ,दर्जानौ साथीहरु घाइते भएका छन् पक्राउ प्ररेका छन् ।

२३ गतेको दमनको बिरुद्धमा २४ गते देखि नया रणनीति र साहसका साथ जनता सडकमा ओर्लने तयारि लिम्बुवान देखि सबै ठाउमा थियो र यो आन्दोलन नया बर्ष प्रवेश संगै संघीय रास्ट्रीय जन आन्दोलनको रुपमा बिकाश हुने निश्चित थियो।

तर गठबन्धनको संयोजक ज्यु को बिशेष पहलमा अप्रत्याशित रुपमा तीन दिने बन्द फिर्ता गरिएको छ । आज उत्पीडित समुदायहरुले आफ्नो मुक्तिको लागि आन्दोलन गर्दा देश नै डुबीहाल्छ भन्नु पूर्वाग्रह मात्र हो ।

यसरि पहिचान र अधिकारको लागि भनेर निर्णायक रुपमा उठेको आन्दोलनलाइ अकस्मात फिर्ता लिईनुले विभिन्न प्रश्नहरु जन्माएको छ ।

त्यस्तै तीन दिने आमहडताल अकस्मात फिर्ता गरिएको प्रति संघीय लिम्बुवान पार्टी ,नेपालले आश्चर्य र दुख ब्यक्त गर्दै प्राबिधिक असमान्जस्यता नआओस भनि नौ जिल्ला लिम्बुवान क्षेत्रमा आमहडताल स्थगित गरेको बिज्ञप्ति मार्फत जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी