बलात्कारीलाई तेह्र वर्ष कैद सजायको फैसला

बलात्कारीलाई तेह्र वर्ष कैद सजायको फैसला

  • मङ्लबार, चैत्र २४, २०७१
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

धनगढी, २४ चैत ।

जिल्ला अदालत कैलालीले एक बालिकालाई बलात्कार गरेको अभियोगमा मुद्दा खेपिरहेका गोदावरी गाविस–३ का जगुवा पार्कीलाई १३ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

सो अदालतका अतिरिक्त जिल्ला न्यायाधीश मातृकाप्रसाद मरासेनीको इजलासले सोमबार उक्त फैसला सुनाएकोे हो ।

चौध वर्षमुनिकी ती बालिकालाई बलात्कार गरेको अभियोगमा बलात्कारको महलबमोजिम आठ वर्ष कैद र पीडित बालिका अपाङ्गसमेत भएकाले सोही ऐनबमोजम थप पाँच वर्ष कैदसमेत गरी निजलाई १३ वर्ष कैदको फैसला सुनाएको अदालतका स्रेस्तेदार जगदीश भट्टले बताएका छन् ।

जिल्ला अदालतमा पार्कीविरुद्ध गत माघमा मुद्दा दर्ता भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी