तीन लाखभन्दा बढीले हात्तीपाइले रोगविरुद्ध औषधि सेवन गरे

तीन लाखभन्दा बढीले हात्तीपाइले रोगविरुद्ध औषधि सेवन गरे

  • मङ्लबार, चैत्र २४, २०७१
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

यो वर्ष कञ्चनपुरमा तीन लाख ९८ हजार ७१९ ले हात्तीपाइले रोगविरुद्ध औषधि सेवन गरेका छन् । जुन अघिल्लो वर्षको भन्दा नौ प्रतिशतले बढी हो ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार यो वर्ष कुल जनसङ्ख्याको ८० प्रतिशत नागरिकले हात्तीपाइले रोगविरुद्ध औषधि सेवन गरेका छन् ।

गत फागुन २३ देखि २५ गतेसम्म जिल्लाका सबै नगरपालिका र गाविसमा हात्तीपाइलेविरुद्ध औषधि सेवन गराएको जिल्ला जनस्वास्थ्य कार्यालयका कीट अधिकृत हेमराज जोशीले जानकारी दिए ।

उनका अनुसार यो वर्ष चार लाख ९७ हजार १५७ लाई औषधि खुवाउन लक्ष्य रहे पनि त्यसको ८० प्रतिशतले मात्रै सेवन गरेका छन् ।

गत आर्थिक वर्षमा कञ्चनपुरमा तीन लाख ६५ हजार ५४४ ले हात्तीपाइले रोगविरुद्ध औषधि सेवन गरेको कीट अधिकृत जोशीले बताए ।

“तीन दिन जिल्लामा अभियान नै चलाएका थियौँ”–उनले भने–“जसका लागि जिल्लाभर दुई हजार १०० स्वास्थ्यकर्मी र स्वयम्सेविका परिचालन गरेका थियौँ ।”

उनका अनुसार साविक १९ गाविसमा तीन लाख नौ हजार ७३१ र भीमदत्त नगरपालिका क्षेत्रमा एक लाख २० हजार ८२२ ले हात्तीपाइले रोगविरुद्ध औषधि सेवन गरेका छन् ।

हात्तीपाइले रोगविरुद्ध औषधि सेवन गराउन तथा व्यवस्थापनका लागि जिल्ला जनस्वास्थ्य कार्यालयलाई रु ५५ लाख तीन हजार बजेट विनियोजन गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी