कञ्चनपुरमा एक सरकारी मोटरसाईकलमा आगजनी

कञ्चनपुरमा एक सरकारी मोटरसाईकलमा आगजनी

  • मङ्लबार, चैत्र २४, २०७१
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

कञ्चनपुर २४ चैत।

आम हडतालका क्रममा मोर्चाका कार्यकर्ताहरुले कञ्चनपुरमा एक सरकारी मोटरसाईकलमा आगजनी गरेका छन् । मंगलबार बिहान ११ बजेतिर कृष्णपुर गाविसको बा १ प १८४ नम्बरको मोटरसाईकलमा भाँसी क्षेत्रमा आगजनी गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अभिनारायण काफ्ले कृष्णपुर गाविसका प्राविधिक प्रकास भाट बैकिङ्ग कामले महेन्द्रनगर आउने क्र्ममा भाँसीमा रहेका मोर्चाका कार्यकर्ताहरुले बन्दको अवाज्ञा गरेको भन्दै आगजनी गरेका छन् ।

आगजनी बाट मोटसाईकलको सिट अगाडीको भाग जलेर नष्ट भएको छ । बन्दका कारण महेन्द्रनगर देखि छोटो तथा लामो दुरीका विभिन्न स्थानका लागि छुटने सवारी साधान चल्न नसक्दा यात्रुहरु अलपत्र परेका छन् ।

मोर्चाले आम हडतालको घोषणा गरेपनि कञ्चनपुरका तिन बजारमा भने मोर्चाले आम हडताल गरेको छैन् ।

बर्ष दिनको एक पटक हुने पूर्णागिरी मेलालाई मध्यनजर गर्दै मोर्चाले कञ्चनपुरको महेन्द्रनगर, गड्डाचौकी र ब्रम्हदेब बजार बन्द नगर्ने निर्णय गरेको एकिकृत नेकपा माओवादी कञ्चनपुरका अध्यक्ष तथा तिस दलिय मोर्चाका संयोजक टेकेन्द्र प्रशाद भट्टले जानकारी दिए ।

संयोजक भट्टका अनुसार पूर्णगिरी मेला चलिरहेका बेला भारत बाट आउने हजारौँ दर्शनार्थीहरुलाई सास्तीका साथै यस क्षेत्रको व्यापार व्यवसाय घरासायी बन्ने भएकाले मेलालाई मध्यनजर गर्दै यहाँका तिन बजार बन्द गरिने छैन् ।

कञ्चनपुर उद्योग वाणिज्य संघ, नागरिक समाज लगायतको अनुरोध अनुसार मेला चलिरहेकाले बन्द, हडताल नगरिने संयोजक भट्टले बताए ।

बन्दको तिन नै बजार क्षेत्रमा यातायात निर्वाध तरिकाले संचालन गर्न दिईने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी