कञ्चनपुरमा मोर्चाका १० जना कार्यकर्ता पक्राउ

कञ्चनपुरमा मोर्चाका १० जना कार्यकर्ता पक्राउ

  • मङ्लबार, चैत्र २४, २०७१
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

कञ्चनपुर २४ चैत ।

मंगलबार एकिकृत नेकपा माओवादी सहित ३० दलिय मोर्चाले आब्हान गरेको आम हडतालका क्र्ममा बन्द गराउन हिडेका कञ्चनपुरमा मोर्चाका १० जना कार्यकर्ता पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सरकारी कार्यालय बन्द गराउन हिडेका कार्यकर्ताहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अभिनारायण काफ्लेले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा एमाओवादी नेता कृष्णदत्त जोशी लगायतका १० जना क्रान्तिकारीका नेताहरु छन् ।

अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य नवराज ऐर राधाकृष्ण जोशी र क्रान्तिकारी कञ्चनपुरका नेता भीम भट्ट, बिरेन्द्र विष्ट, हेमजङ्ग थापा, चन्द्र सिह साउद, सुरेश भट्ट, लक्ष्मण सिँहलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

मोर्चाका सदस्य गोपाल रसायलीले बिना कारण आफ्ना कार्यकर्ताहरुलाई प्रहरीले जबरजस्ती पक्राउ गरेको बताए । आम हडतालको शुरुको दिन नापी कार्यालय कञ्चनपुरमा काम बन्द गरिदिन आग्रह गरिरहेका बेला वडा प्रहरी कार्यालय प्रमुख लाल बहादुर बमले पूर्वाग्रही ढंगबाट एमाओवादी नेताहरुलाई पक्राउ गरेको पक्राउ परेका एमाओवादीका नेता नवराज ऐरीले बताए ।

‘हामी नापी कार्यालय अगाडी थियौँ, प्रहरी निरीक्षक बमले एकाएक आएर झ्याप्पै पक्राउ गरेर प्रहरी कार्यालय ल्याए ।’ उनले भने ।

आम हडताल सफल पार्नका लागि सहयोग गर्न आग्रहका लागि सबै सरकारीका साथै गैर सरकारी कार्यालयहरुमा आग्रह गरिरहेका बेला प्रहरीले विना कारण जबरजस्ती दादागिरी शैलीमा गिरफ्तार गरेको मोर्चाको ठहर छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी