हिम पर्वत हाइड्रोपावर लिमिटेडको आईपीओ आजदेखि निष्काशन, कसले र कसरी दिने आवेदन

हिम पर्वत हाइड्रोपावर लिमिटेडको आईपीओ आजदेखि निष्काशन, कसले र कसरी दिने आवेदन

  • बुधबार, कार्तिक ११, २०८३
  • मिर्मिरे अनलाइन

  • 57
    SHARES

काठमाडौँ, ११ कात्तिक। हिम पर्वत हाइड्रोपावर लिमिटेडले आजदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता साधारण शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको थियो। सोही स्वीकृतिको पहिलो चरणअन्तर्गत कम्पनीले आजदेखि शेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले कुल १६ करोड ९० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १६ लाख ९० हजार कित्ता साधारण शेयर निष्काशन गरेको छ।

अति प्रभावित क्षेत्र: दोलखा जिल्लाको बिगु गाउँपालिका वडा नं. ५, ६, ७ र ८ तथा कालिन्चोक गाउँपालिका वडा नं. २, ३ र ४ का स्थायी बासिन्दाहरूका लागि १० लाख १४ हजार कित्ता छुट्याइएको छ।

अन्य प्रभावित क्षेत्र: सोही दुवै गाउँपालिकाका बाँकी वडाहरूका स्थायी बासिन्दाहरूका लागि ६ लाख ७६ हजार कित्ता शेयर बाँडफाँट गरिनेछ।

सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ४ करोड २२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ४ लाख २२ हजार ५०० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्काशन गरिएको छ।

न्यूनतम तथा अधिकतम कित्ता: दुवै समूहका लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १०,००० कित्तासम्म आवेदन दिन सक्नेछन्।

निष्काशन बन्द हुने मिति:

वैदेशिक रोजगारीमा रहेका नेपाली: छिटोमा कात्तिक १६ गते र ढिलोमा कात्तिक २५ गते।

आयोजना प्रभावित स्थानीय: छिटोमा कात्तिक २५ गते र ढिलोमा मंसिर १० गते।

आवेदन दिने स्थान तथा प्रक्रिया
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।

स्थानीय बासिन्दाका लागि: नेपाल इन्भेष्टमेन्ट बैंक, सिन्धु विकास बैंक र प्रभु बैंकका सिंगटी शाखा कार्यालयहरू, लक्ष्मी सनराइज बैंकको सुनखानी एक्सटेन्सन काउन्टर तथा सिटिजन्स बैंकको चरिकोट शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। शेयर खरिद दरखास्त फाराम प्राप्त गर्न २ रुपैयाँ शुल्क बुझाउनुपर्नेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि: नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा (C-ASBA) सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूमार्फत ‘सि-आस्बा’ प्रणाली तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको अनलाइन सफ्टवेयर ‘मेरो शेयर’ (Mero Share) मार्फत आवेदन दिन सकिनेछ।

क्रेडिट रेटिङ तथा आयोजनाको अवस्था
आईपीओ निष्काशनका लागि गराइएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस’ (ICRANP-IR BB+) प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको सङ्केत गर्दछ।

साँगु खोला जलविद्युत आयोजना (२० मेगावाट): ३ अर्ब ६५ करोड १७ लाख रुपैयाँ कुल लागत रहेको यस आयोजनाको प्रतिमेगावाट लागत १८ करोड २५ लाख रुपैयाँ रहेको छ। २०८२ असोज २५ गतेदेखि विद्युत् उत्पादन गरिरहेको यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ६.०९ वर्ष रहेको छ।

साँगु खोला १ जलविद्युत आयोजना (५.५ मेगावाट): १ अर्ब १५ करोड ४ लाख रुपैयाँ कुल लागत रहेको यस आयोजनाको प्रतिमेगावाट लागत २० करोड ९१ लाख रुपैयाँ रहेको छ। २०८२ साउन ८ गतेदेखि उत्पादन सुरु गरेको यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ६.२९ वर्ष रहेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ