विश्व चर्चित दक्षिण अफ्रिकी क्रिकेटर डेविड मिलर कर्णाली याक्समा अनुबन्ध

विश्व चर्चित दक्षिण अफ्रिकी क्रिकेटर डेविड मिलर कर्णाली याक्समा अनुबन्ध

  • शुक्रबार, कार्तिक ७, २०८३
  • मिर्मिरे अनलाइन

  • 399
    SHARES

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि कर्णाली याक्सले दक्षिण अफ्रिकाका स्टार तथा मध्यक्रमका बायाँहाते ब्याटर डेविड मिलरलाई अनुबन्ध गरेको छ। क्लबले शुक्रबार एक औपचारिक कार्यक्रममार्फत टेस्ट राष्ट्र दक्षिण अफ्रिकाका अनुभवी ब्याटर मिलरलाई टिममा भित्र्याएको घोषणा गरेको हो।

डेविड मिलर कर्णाली याक्समा अनुबन्ध हुने छैटौँ विदेशी खेलाडी बनेका छन्। यसअघि क्लबले पाकिस्तान टी–२० क्रिकेट टोलीका कप्तान साहिबजादा फर्हान तथा चर्चित अलराउन्डर हुसैन तलातलाई अनुबन्ध गरिसकेको छ। यस्तै, दोस्रो सिजनमा शानदार प्रदर्शन गरेका स्कटल्यान्डका अलराउन्डर मार्क वाटलाई पनि टोलीले निरन्तरता दिएको छ। मार्क वाटबाहेक मिलर, फर्हान, तलात, अरिफुल र अकबर सबै पहिलो पटक एनपीएल खेल्न लागेका हुन्।

कर्णाली याक्स स्पोर्ट्स प्रा.ली.का अध्यक्ष गृहेन्द्र घिमिरेले समर्थकको चाहना र अपेक्षाअनुसार विश्वस्तरका चर्चित खेलाडीलाई अनुबन्ध गर्न सफल भएको बताएका छन्। उनले मिलरको आगमनले कर्णाली याक्सलाई उपाधि दाबेदारका रूपमा उभ्याउनुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा समेत ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरे। पहिलो सिजनमा शिखर धवनलाई भित्र्याएर चर्चा कमाएको कर्णालीले यसपटक मिलरसहित फर्हान र तलात जस्ता खेलाडीमार्फत लक्ष्य उपाधि जित्नेमा केन्द्रित रहेको जनाएको छ।

३७ वर्षीय मिलरले दक्षिण अफ्रिकी राष्ट्रिय टोलीसँगै विश्वभरका चर्चित फ्रेन्चाइज लिगहरूमा आफ्नो बलियो प्रभाव छाडिसकेका छन्। उनले इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स, किंग्स इलाभेन पञ्जाब र गुजरात टाइटन्सबाट खेलिसकेका छन्। सन् २०२२ मा गुजरात टाइटन्सले आईपीएलको उपाधि जित्दा मिलर टिमका प्रमुख खेलाडी रहेका थिए।

अन्तर्राष्ट्रिय क्रिकेटमा मिलरले दक्षिण अफ्रिकाका लागि १४० टी–२० आई खेलमा २ हजार ८०४ रन बनाएका छन्, जसमा २ शतकीय र ९ अर्धशतकीय पारी समावेश छन्। समग्रमा ५८४ टी–२० खेल खेल्दै १२ हजार ४३५ रन बनाएका मिलरले ४ शतक र ५३ अर्धशतक प्रहार गरेका छन्। उनले सन् २०१७ मा बंगलादेशविरुद्ध ३५ बलमा र आईपीएलमा पञ्जाबबाट खेल्दा रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध ३८ बलमा शतक बनाएका थिए।

कात्तिक ९ गतेदेखि सुरु हुने एनपीएलका लागि कर्णाली याक्सको मार्की खेलाडीमा सोमपाल कामी रहेका छन्। टोलीमा राष्ट्रिय टोलीका अलराउन्डर गुल्शन झा र बलर नन्दन यादवका साथै कर्णाली प्रदेशका विपिन शर्मा, युनिस विक्रम सिंह, दीपेन्द्र रावत, पवन सर्राफ, युवराज खत्री, दीपक डुम्रे, सूर्य तामाङ, दिवान पुन, शिवम तिवारी र सचिन शर्मा समावेश छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ