कर्णाली याक्समा पाकिस्तानी अलराउन्डर हुसैन तलात अनुबन्ध

कर्णाली याक्समा पाकिस्तानी अलराउन्डर हुसैन तलात अनुबन्ध

  • बिहिबार, कार्तिक ६, २०८३
  • मिर्मिरे अनलाइन

  • 209
    SHARES

कर्णाली याक्सले तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) का लागि टेस्ट राष्ट्र पाकिस्तानका अलराउन्डर हुसैन तलातलाई अनुबन्ध गरेको छ। क्लबले बिहीबार ३० वर्षीय अलराउन्डर तलातलाई टिममा भित्र्याएको हो।

लाहोरमा जन्मिएका तलातले सन् २०१८ मा पाकिस्तानी राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए। देब्रेहाते ब्याटर तथा मध्यम गतिका बलर तलातले पाकिस्तानका लागि २३ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै दुई अर्धशतकसहित ४४१ रन बनाएका छन्। यस्तै, एकदिवसीय अन्तर्राष्ट्रियतर्फ १ खेलमा १० रन र ६२ प्रथम श्रेणी तथा १२५ लिस्ट ‘ए’ खेलको अनुभव उनीसँग छ।

तलातको आगमनसँगै टिमको ब्याटिङ र बलिङ दुवै पक्ष थप मजबुत भएको कर्णाली याक्स स्पोर्ट्स प्रालिका प्रबन्ध निर्देशक गृहेन्द्र घिमिरेले जानकारी दिए। उनले आगामी दिनमा अरू दुई चर्चित विदेशी क्रिकेटरलाई पनि अनुबन्ध गर्ने तयारी भइरहेको बताएका छन्।

घिमिरेका अनुसार तेस्रो सिजनका लागि कर्णाली याक्समा भित्रिने तलात चौथो विदेशी खेलाडी हुन्। यसअघि कर्णालीले बंगलादेशका युवा ब्याटर अरिफुल इस्लाम र अकबर अलीका साथै स्कटल्यान्डका अलराउन्डर मार्क वाटलाई टिममा सामेल गरिसकेको छ।

कार्तिक ९ गतेदेखि सुरु हुने एनपीएलको तेस्रो संस्करणका लागि कर्णाली याक्सको मार्की खेलाडीमा राष्ट्रिय टोलीका अलराउन्डर सोमपाल कामी रहेका छन्। टिममा गुल्शन झा, नन्दन यादव, पवन सरार्फ, सूर्य तामाङ, विपिन शर्मा, युनिस विक्रम सिंह, दीपेन्द्र रावत, युवराज खत्री, दीपक डुम्रे, दिवान पुन र सचिन शर्मा जस्ता खेलाडीहरू समावेश छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ