यू–१९ महिला विश्वकप जनवरी २१ देखि, नेपालले सबै समूह चरणका खेल त्रिवि मैदानमा खेल्ने

यू–१९ महिला विश्वकप जनवरी २१ देखि, नेपालले सबै समूह चरणका खेल त्रिवि मैदानमा खेल्ने

  • बुधबार, कार्तिक ५, २०८३
  • मिर्मिरे अनलाइन

  • 399
    SHARES

काठमाडौँ । आगामी जनवरी २१ देखि फेब्रुअरी ६ सम्म आयोजना हुने आइसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले सार्वजनिक गरेको खेल तालिका अनुसार यसपटकको विश्वकप नेपाल र बंगलादेशले संयुक्त रूपमा आयोजना गर्दैछन्।

प्रतियोगितामा सहभागी १६ टोलीलाई चार वटा समूहमा विभाजन गरिएको छ। नेपाल समूह ‘ए’ मा रहेको छ, जहाँ भारत, आयरल्यान्ड र वेष्ट इन्डिज जस्ता बलिया टोलीहरू समावेश छन्। त्यसैगरी समूह ‘बी’ मा दक्षिण अफ्रिका, न्यूजिल्यान्ड र समोआ रहेका छन् भने समूह ‘सी’ मा अस्ट्रेलिया, बंगलादेश, नाइजेरिया र युएई परेका छन्। समूह ‘डी’ मा भने इंग्ल्यान्ड, श्रीलंका, अमेरिका र स्कटल्याण्ड बीच प्रतिस्पर्धा हुनेछ।

संयुक्त आयोजकका रूपमा रहेको नेपालमा प्रतियोगिताका कुल १५ खेलहरू सञ्चालन हुनेछन्। नेपालका खेलहरू काठमाडौँस्थित त्रिवि क्रिकेट मैदान र माथिल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन गरिने तालिका छ। नेपालले समूह चरणका आफ्ना सबै खेलहरू घरेलु मैदान त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा खेल्नेछ।

नेपालले आफ्नो पहिलो खेल जनवरी २२ मा आयरल्यान्डविरुद्ध खेल्दै विश्वकप यात्राको सुरुवात गर्नेछ। त्यसपछि दोस्रो खेल जनवरी २४ मा भारतसँग र तेस्रो खेल जनवरी २६ मा वेष्ट इन्डिजसँग खेल्ने तय भएको छ। प्रतियोगिताका बाँकी २६ खेलहरू भने बंगलादेशका विभिन्न मैदानहरूमा आयोजना हुनेछन्।

समूह चरणका खेलपछि शीर्ष तीन-तीन टोली सुपर सिक्स चरणमा प्रवेश गर्नेछन्। सुपर सिक्सका टोलीहरूलाई दुई समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइनेछ र दुवै समूहका शीर्ष दुई-दुई टोली सेमिफाइनलमा पुग्नेछन्। प्रतियोगिताका दुवै सेमिफाइनल खेल फेब्रुअरी ४ मा बंगलादेशको वीर श्रेष्ठ सहिद फ्लाइट लेफ्टिनेन्ट मतिउर रहमान क्रिकेट रंगशालामा हुनेछन् भने उपाधि भिडन्त (फाइनल खेल) फेब्रुअरी ६ मा बंगलादेशमै आयोजना हुनेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ