कांग्रेस महामन्त्रीमा डा.सुनिल शर्माको उम्मेदवारी घोषणा

कांग्रेस महामन्त्रीमा डा.सुनिल शर्माको उम्मेदवारी घोषणा

  • शनिबार, अशोज १७, २०८३
  • मिर्मिरे अनलाइन

  • 247
    SHARES

असोज १७,काठमाडौँ :
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा डा.सुनिल शर्माले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

शनिबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय(बी.पी. स्मृति भवन) सानेपामा पत्रकार सम्मेलन गरी शर्माले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीलाई जनतासँग प्रत्यक्ष जोड्ने उद्देश्यसहित महामन्त्री पदमा उम्मेदवारी दिने निर्णय गरेको डा.शर्माले बताए।

“मैले नेपाली कांग्रेसको यसपालि महामन्त्री पदमा आफ्नो उम्मेदवारी दर्ता गर्ने विचार गरेको छु, निर्णय गरेको छु,” शर्माले भने, ‘मेरा अग्रजहरू, मेरा साथीहरू र मुलुक भित्रबाट विभिन्न ठाउँबाट पाल्नुभएका नेपाली कांग्रेसका सबै महाधिवेशन प्रतिनिधिज्यूहरूलाई यो अभियानमा तपाईँहरूले साथ दिनुहुनेछ।’
‘हामी बीपी कोइराला, गिरिजाबाबुको क्षेत्रबाट सहभागी छौँ, हामी विराटनगरबासी, मोरङबासीहरूले त्यसमा गर्व पनि गर्छौं,’ ‘अहिले बदलिँदो परिस्थितिमा नेपाली कांग्रेसलाई जनतासँग प्रत्यक्ष रूपमा जोड्ने, दूरदराजमा भएका नेपाली नागरिकका पक्षमा काम गर्ने र दुई छाक खानाको निम्ति सङ्घर्ष गरिरहेका र एउटा सामान्य रोग उपचार गर्नबाट वञ्चित भइरहेका तमाम हजारौँको सङ्ख्यामा देशमा विभिन्न दूरदराजमा रहेका नागरिकको पक्षमा अनवरत रूपमा हामी काम गर्दै आएका छौँ।’
लोकतन्त्र पुनःस्थापनाका लागि विगतमा आफूले नेपाल, भारत र अमेरिकासम्म विभिन्न तहमा राजनीतिक गतिविधि र ‘लभिङ’ गरेको स्मरण गर्दै कांग्रेससँग आफ्नो लामो राजनीतिक सम्बन्ध रहेको सुनाए।

उनी मोरङ क्षेत्र न –३ बाट नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। त्यसअघि शर्मा बेलबारी नगरपालिका–४ बाट क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी