बाढीपीडितको राहत तथा पुनस्र्थापनाका लागि २१ लाख सहयोग

बाढीपीडितको राहत तथा पुनस्र्थापनाका लागि २१ लाख सहयोग

  • बुधबार, अशोज १४, २०८३
  • मिर्मिरे अनलाइन

  • 779
    SHARES

काठमाडौ, १४ असोज । लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडले गत भदौ १०, मा रसुवा लगायतका क्षेत्रमा गएको बाढीबाट प्रभावित नागरिकहरुको राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा कम्पनी तथा कम्पनीमा कार्यरत कर्मचारीहरुका तर्फबाट रु.२१,५७,४१८/— सहयोग गरेको छ ।
भोटेकोशी तथा आसपासका क्षेत्रमा आएको बाढीेका कारण प्रभावित नागरिकहरुको आवश्यकता सम्बोधन गर्न, राहत तथा उद्धारका प्रयासमा सहयोग पु¥याउन र प्रभावित समुदायको पुनस्र्थापनामा योगदान गर्ने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको हो ।
विपद्को यस कठिन परिस्थितिमा सहयोगी समुदायप्रति ऐक्यबद्धता व्यक्त गर्दै लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्न तथा कर्मचारीहरुको व्यक्तिगत योगदानबाट संकलन गरी उक्त रकम राहत कोषमा जम्मा गरिएको जनाएको छ ।
लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडले यस विपद्को कारण ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । साथै सकुशल उद्धार गरिएका घाइतेहरुको शीध्र स्वास्थ्यलाभको समेत कामना गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी