भारी वर्षा र बाढी पहिरोको जोखिम: सरकारले घण्टा-घण्टामा पूर्वसूचना दिने, राजमार्गमा सवारी रोक्न सकिने

भारी वर्षा र बाढी पहिरोको जोखिम: सरकारले घण्टा-घण्टामा पूर्वसूचना दिने, राजमार्गमा सवारी रोक्न सकिने

  • बुधबार, अशोज ७, २०८३
  • मिर्मिरे अनलाइन

  • 703
    SHARES

७ असोज, काठमाडौँ। आगामी असोज ८ देखि १० गतेसम्म (शुक्रबारदेखि आइतबार) देशका अधिकांश भू-भागमा भारी वर्षाको प्रक्षेपण गरिएपछि सरकारले सम्भावित बाढी र पहिरोको निरन्तर निगरानी गर्दै घण्टा-घण्टामा सर्वसाधारणलाई पूर्वसूचना (अपडेट) दिने भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीका अनुसार जल तथा मौसम विज्ञान विभाग र बाढी पूर्वानुमान महाशाखासँग समन्वय गरी नदीहरूको जलसतह र मौसमी अवस्था ‘रियल टाइम’ मा हेरिनेछ।

समुद्रमा बनेको ठूलो आँधी (साइक्लोन) प्रणाली र तीव्र मौसमी फेरबदललाई ध्यानमा राख्दै उच्च हिमाली क्षेत्रका लागि ‘रेड अलर्ट’ जारी गरिएको छ। जोखिमयुक्त हिमाली तथा पहाडी क्षेत्रमा रहेका पर्यटकलाई तत्काल सुरक्षित स्थानमा ओर्लिन, ट्राभल एजेन्सीहरूलाई नयाँ बुकिङ नगर्न र किसानहरूलाई पाकेको धानबाली तथा अनाज जोगाउन विशेष आग्रह गरिएको छ। यस्तै, मोबाइलमा आउने एसएमएस अलर्टलाई गम्भीरताका साथ लिन पनि प्राधिकरणले अनुरोध गरेको छ।

प्राधिकरणले असोज ८ र ९ गते अति आवश्यक कामबाहेक लामो दूरीको यात्रा नगर्न र यातायात व्यवसायीलाई समेत सेवा सञ्चालन नगर्न आग्रह गर्ने तयारी गरेको छ। सम्भावित पहिरो हटाउन मुख्य राजमार्गहरूमा डोजरहरू ‘स्ट्यान्डबाई’ राखिएका छन् भने देशभरका सुरक्षा निकाय र ७७ वटै जिल्लाका कमाण्ड पोस्टहरूलाई ‘हाई अलर्ट’ मा राखिएको छ। बाढी आएका वेला भिडियो वा टिकटक बनाउन र दाउरा सङ्कलन गर्न खोलामा नपस्न पनि कडा चेतावनी दिइएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ