Mirmire Online

Advertisment

SKIP THIS

रैथाने बाली सङ्कटमा

रैथाने बाली सङ्कटमा

  • बुधबार, अशोज ७, २०८३
  • मिर्मिरे अनलाइन

  • 247
    SHARES

पाल्पा, ७ असोजः माथागढी गाउँपालिका ओलेसका किसानले उब्जाउ गर्नै गरेको स्थानीय दानाको कालो भट्ट कुनै समय खाद्यान्न मात्रै थिएन, घरखर्च चलाउने बलियो आधार थियो ।

मकैसँगै बारीमा भट्ट लगाउने, उत्पादन बेच्ने र त्यसबाट आएको आम्दानीले वर्ष दिनका लागि चामलको जोहो गर्ने यहाँको पुरानो चलन हो ।
यस क्षेत्रका ६० भन्दा बढी घरपरिवारले बर्सेनि बीउ जोगाउथे, अर्को वर्ष त्यही बीउ बारीमा लगाउथे । तर अहिले पुस्तौँदेखि गाउँमै जोगिँदै आएको स्थानीय जातको कालो भट्टको बीउ पाउनै मुस्किल परेको छ ।

बाजेका पालादेखि गाउँमै सुरक्षित राखिँदै आएको भट्टको बीउ अहिले पाउनै मुस्किल पर्ने गरेको स्थानीय किसान वीरबहादुर सारुले बताउनुभयो । “मकैसँगै भट्ट लगाउने चलन हाम्रा बाजेका पालादेखि चलिआएको थियो,” सारु भन्नुहुन्छ, “तर एक्कासि किराको प्रकोप भयो । बोटमा दाना नै लागेन । स्थानीय पहिचान बनेको सानो दानाको कालो भट्टको बीउ गाउँबाटै हरायो ।”

उहाँका अनुसार चार वर्षयता किसानले बजारबाट ल्याइने उन्नत जातको बीउमा निर्भर हुन थालेका छन् । “स्थानीय जातको नाममा यही मात्र बाँकी थियो, अब त्यो पनि हरायो,” उहाँ भन्नुहुन्छ ।

गोठादीका पुराना कृषक प्रतीक थापाको सम्झनामा खेतका आलीमा लगाइने मास अझै ताजा छ । खेतको आलीमा मास लगाउने, उत्पादन बिक्री गर्ने र त्यही आम्दानीबाट जाडोका लागि लत्ताकपडा किन्ने गरेको उहाँ सम्झनुहुन्छ ।

करिब पाँच वर्षअघि मासको दानामा किराको प्रकोप देखियो । विस्तारै बाली हराउँदै गयो । यसपटक त बीउ नै नभएपछि मास लगाउन नपाएको उहाँ बताउनुहुन्छ ।

“किराले अभियानकै रूपमा आक्रमण गरेजस्तो भयो,” थापा भन्नुहुन्छ, “किरा नियन्त्रणका लागि विभिन्न उपाय अपनायौँ, तर सफल भएनौँ ।” उहाँका अनुसार मासको बाली जोगिएको भए गाउँमा यसपटक लाखँै रुपैयाँ भित्रिन सक्थ्यो । “किरा नलागेको भए यस पटक गाउँमा दुई÷चार लाख रुपैयाँ भित्रिन्थ्यो होला,” उहाँ भन्नुहुन्छ, “किरा किन लाग्यो भन्ने कुरा पत्ता लगाउनै सकिएन ।”

निस्दीको मित्यालकी माया सुनारीको अनुभव पनि उस्तै छ । मकै लगाउने समयमा मकैसँगै सिमी लगाउने र पछि आम्दानीको स्रोत बनाउने गर्नुभएकी सुनारीलाई गत वर्ष सिमीमा लागेको किराले ठूलो क्षति पु¥यायो ।

किराले सिमीका बोट नै सखाप पारेपछि यस वर्षका लागि बीउसमेत जोगिएन । “मेरो मात्र होइन, गाउँका सबैका बारीमा सिमीमा किराले नोक्सान ग¥यो,” उहाँ भन्नुहुन्छ, “बाली जोगाउन सकिएन, बीउ पनि रहेन । अहिले रैथाने सिमीको बीउ नै गाउँमा छैन ।”

कुनै समय गाउँका अधिकांश किसानका बारीमा देखिने बोडी, सिमी, भट्ट, मास र झिल्ङ्गीजस्ता विउ अहिले हराउँदै गएको छ । बालीसँगै बीउ हराएपछि किसान बाहिरबाट आउने बीउमा निर्भर हुन थालेका छन् । कृषि ज्ञान केन्द्रकी प्रमुख अमिता पाण्डेका अनुसार पछिल्ला वर्षमा बढ्दो तापक्रमसँगै दलहन बालीमा किराको प्रकोप बढिरहेको छ ।

“जलवायु परिवर्तनका कारण रैथाने बालीमा असर परेको छ,” पाण्डे भन्नुहुन्छ, “रैथाने बालीमा रोग तथा किराको प्रतिरोधात्मक क्षमता कम हुने भएकाले बदलिँदो वातावरणमा थप जोखिम देखिएको छ ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी