प्रतिनिधिसभा– विशेष समयः समसामयिक विषयमा ध्यानाकर्षण

प्रतिनिधिसभा– विशेष समयः समसामयिक विषयमा ध्यानाकर्षण

  • मङ्लबार, अशोज ६, २०८३
  • मिर्मिरे अनलाइन

  • 323
    SHARES

काठमाडौँ, ६ असोजः प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले रसुवाबाढीपछि उद्धार तथा राहत वितरणको चरण करिब समाप्त भएकाले अब पुनःस्थापना र पुनःनिर्माणको कामलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।

विशेष समयमा भाग लिनुहुने सांसदहरूले बाढी प्रभावित क्षेत्रमा यथासक्य छिटो सडक सञ्जाल निर्माण गरी आवतजावतसहित अत्यवश्यक सामग्री उपलब्ध गराउन र बाढीपीडित जनतालाई गाँस– बासको उचित व्यवस्थासहित जीविकोपार्जनको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद रचना खतिवडा खड्काले सुशासन र परिवर्तनको पक्षमा भएको ‘जेनजी’ आन्दोलनपछिको उपलब्धिलाई आत्मसाथ गर्न, सो आन्दोलनमा सहिद भएकालाई सम्मान गर्न र अनावश्यक तर्कसहित सहिद परिवारलाई थप दुःखी नबनाउन अनुरोध गर्नुभयो ।

सांसद सीता थपलियाले पछिल्ला दिनमा हाम्रा ‘युवा’ मा चरम निरासासहित असन्तुष्टि देखिएकाले त्यसतर्फ राज्यसंयन्त्रको ध्यान नगए मुलुक अप्ठ्यारोमा पर्नसक्ने धारणा व्यक्त गर्नुभयो । सांसद राजेन्द्रकुमार राईले धनकुटामा ‘बाँदर आतङ्क’ भएको भनी पटकपटक आवाज उठाउँदा पनि सुनुवाइ नभएकामा असन्तोष व्यक्त गर्नुभयो ।

सांसद भीमकुमारी बुढामगरले सरकार गठन भएको करिब छ महिना बितिसक्दा पनि जेनजी आन्दोलनको भावना, सहिदको सपना र आमजनताको अपेक्षा पूरा नभएको आरोप लगाउनुभयो । सांसद धु्रवराज राईले रसुवा बाढीमा परी जनधनको अपूरणीय क्षति भएकामा दुःख व्यक्त गर्दै बाढी प्रभावितको व्यवस्थापनलाई उच्च प्राथमिकता दिन सरकारसँग अनुरोध गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ