बजेट शून्यताको अवस्था छिटो अन्त्य गर्न कांग्रेस संसदीय दलको आग्रह

बजेट शून्यताको अवस्था छिटो अन्त्य गर्न कांग्रेस संसदीय दलको आग्रह

  • मङ्लबार, अशोज ६, २०८३
  • मिर्मिरे अनलाइन

  • 399
    SHARES

सुदूरपश्चिम, ६ असोजः नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले प्रदेशमा बजेट शून्यताको अवस्था छिटो अन्त्य गर्न सरकारलाई आग्रह गरेको छ । आज बसेको संसदीय दलको बैठकले बजेटको अभावमा प्रदेश सरकारका नियमित काम कारबाही, विकास निर्माण तथा सार्वजनिक सेवा प्रभावित हुन थालेको जनाउँदै तत्काल बजेटसम्बन्धी प्रक्रिया टुङ्ग्याउन सरकारको ध्यानाकर्षण गराएको हो ।

संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको बैठकले प्रदेश सरकार सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था नहुँदा नियमित प्रशासनिक कामसमेत प्रभावित हुने अवस्था सिर्जना भएको उल्लेख गर्दै आगामी असोज १५ गतेभित्र बजेट पारित गर्न गरी प्रक्रिया टुङ्ग्याउन सरकारसँग आग्रह गरेको प्रदेशसभा तुल्सी देवकोटाले जानकारी दिनुभयो ।

चाडपर्व नजिकिँदै गएको समयमा अत्यावश्यक सेवा प्रवाहमा समेत बजेट शून्यताको असर पर्न थालेको भन्दै बैठकले नागरिकका दैनिक सरोकारका सेवा प्रभावित हुन नदिन आग्रह गर्ने निर्णयसमेत गरिएको उहाँले बताउनुभयो ।

बैठकले बजेट पारित गर्ने विषयमा प्रदेशसभाको प्रभावकारी भूमिका सुनिश्चित गर्दै आवश्यक सहमति र संवादमार्फत निकास खोज्न सरकारसँग आग्रह गरेको छ । बजेट शून्यताको अवस्था थप लम्बिदा प्रदेशको विकास, सेवा प्रवाह र प्रशासनिक गतिविधिमा थप असर पर्नेतर्फ गम्भीर बन्न सरकारलाई आग्रहसमेत गरिएको छ । यसअघि तत्कालीन मुख्यमन्त्री शाहले प्रदेशसभामा आर्थिक वर्ष २०८३/८४ को बजेट पेस गरिसकेको अवस्थामा सरकार फेरिएपछि हालसम्म बजेट ल्याइएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ