प्रतिनिधिसभाः उद्धार कार्य प्रभावकारी बनाउन सांसदको माग

प्रतिनिधिसभाः उद्धार कार्य प्रभावकारी बनाउन सांसदको माग

  • मङ्लबार, अशोज ६, २०८३
  • मिर्मिरे अनलाइन

  • 247
    SHARES

काठमाडौँ, ६ असोजः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले रसुवाको भोटेकोशी बाढीमा परेका नागरिकको उद्धार कार्य प्रभावकारी बनाउन सरकारसँग माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद शाहीले सरकारले सुरुङभित्र फसेका व्यक्तिको बेलैमा उद्धार गरेको भए जीवितै उद्धार गर्न सकिने अवस्था थियो भन्नुभयो । तर, उद्धारमा ढिलाइका कारण शव मात्रै निकाल्नु परेको उहाँले गुनासो गर्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद यज्ञमणी न्यौपानेले अदालत र न्यायलय पनि अब विधिमा चल्नुपर्छ भन्दै न्यायपालिकाको पुनःसंरचना आवश्यक भएको बताउनुभयो । समय सापेक्ष न्यायालय बनाउनेमा जोड दिर्दै उहाँले न्यायाधीशको सम्पत्ति छानबिन गर्न आग्रह गर्नुभयो ।

नेपाली कांग्रेसका मदनकृष्ण श्रेष्ठले हवाई सुरक्षाको विषयमा कुनै पनि सम्झौता गर्न नसकिने बताउदै नेपाल वायु सेवा निगमलाई व्यवस्थीत बनाउनेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ