साढे दुई महिनाअघि गणेश, आज दावा: त्रिपुरेश्वरको उही ठाउँमा किन दोहोरियो दुःखद घटना?

साढे दुई महिनाअघि गणेश, आज दावा: त्रिपुरेश्वरको उही ठाउँमा किन दोहोरियो दुःखद घटना?

  • सोमवार, अशोज ५, २०८३
  • मिर्मिरे अनलाइन

  • 779
    SHARES

काठमाडौँ। काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अघिल्तिर बस पकेटमा सोमबार मध्याह्न १२:१५ बजे चालकले आफ्नै बसभित्र आगो लगाउँदा बस पूर्ण रूपमा जलेर नष्ट भएको छ भने चालक स्वयं गम्भीर घाइते भएका छन्। काभ्रेको पनौती-६ घर भएका २५ वर्षीय चालक दावा लामाले बा.५ ख ४२७४ नम्बरको रिद्धिसिद्ध यातायातको मिनिबसभित्रै आगो लगाएका हुन्।

अनावश्यकरूपमा हर्न बजाएको आरोपमा ट्राफिक प्रहरीले कागजात मागेर कारबाही गर्न खोजेपछि विवाद उत्पन्न भएको थियो। आफूले गल्ती नगरेको जिकिर गर्दै लामाले सडक अवरुद्ध गरेपछि थप सुरक्षाकर्मीले सम्झाउने प्रयास गरेका थिए। तर, विवादकै बिच लामाले आगो लगाएका थिए। ९५ प्रतिशत शरीर जलेका उनको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ। घटनाको अनुसन्धान गर्न एसएसपी रमेश बस्नेतको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ।

ठिक साढे दुई महिनाअघि (असार २५ गते) सोही स्थानमा नगर प्रहरीसँगको विवादपछि सेयर राइडर गणेश नेपालीले पनि आत्मदाह गरेका थिए। उच्च अदालतका पूर्वन्यायाधीश केशवप्रसाद बास्तोला नेतृत्वको समितिले दिएको सुधारका सिफारिसहरू (सडक सुरक्षा, तनाव व्यवस्थापन काउन्सेलिङ र सिंगल ह्याण्डेलिङ प्रणाली) कार्यान्वयन नहुँदा र साना सडक विवादमा सुरक्षा निकायले संवेदनशीलता नदेखाउँदा उस्तै प्रकृतिको दुखद घटना दोहोरिएको भन्दै आलोचना भइरहेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ