करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

  • सोमवार, अशोज ५, २०८३
  • मिर्मिरे अनलाइन

  • 589
    SHARES

भद्रपुर (झापा), ५ असोजः झापाको बिर्तामोड नगरपालिका-२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट लगाएर माछा मार्ने क्रममा आज दिउँसो एक जना वृद्धको मृत्यु भएको छ । बिर्तामोड-२ बेलडाँगी डाँडागाउँ टोलका ६२ वर्षीय मोहन मुर्मूको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मुर्मू खोलामा मृत अवस्थामा भेटिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनास्थलबाट प्रहरीले आवश्यक मुचुल्कालगायत प्रक्रिया पूरा गरी शवपरीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको बिर्तामोड-२ का वडाध्यक्ष किशोर पौडेलले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ