भैरहवा । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा रुपन्देहीको भैरहवास्थित होटल सिद्धार्थ भिलासामा तीन दिने ‘वार्षिक चेयरपर्सन क्लब’ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। आर्थिक वर्ष २०८०/८१ को तोकिएको लक्ष्य पूरा गरी देशभरबाट छनोट भएका ५६५ जना उत्कृष्ट एजेन्ट, विभागीय प्रमुख, प्रदेश प्रमुख तथा शाखा प्रमुखहरूको सहभागितामा उक्त कार्यक्रम सञ्चालन गरिएको हो।
भोटेकोशीको बाढीका कारण ज्यान गुमाउनेहरूप्रति १ मिनेट मौनधारण गर्दै सुरु गरिएको समारोहको औपचारिक उद्घाटन कम्पनीकी चेयरपर्सन प्रेमाराज्य लक्ष्मी सिंहले दीप प्रज्वलन गरी गर्नुभएको थियो।
उद्घाटन समारोहपछि आयोजित प्रशिक्षण सत्रमा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक पदमप्रसाद सापकोटाले सम्पत्ति शुद्धीकरण नियन्त्रणबारे जानकारी दिनुभएको थियो। उहाँले बीमाका माध्यमबाट हुन सक्ने सम्पत्ति शुद्धीकरणका गतिविधिप्रति सचेत रहन, शंकास्पद कारोबारको सूक्ष्म निगरानी गर्न र कानुनी नियमको पूर्ण पालना गर्न आग्रह गर्नुभयो।
त्यस्तै, प्रशिक्षक विश्वराज पौडेलले बीमा व्यवसायमा आर्टिफिसियल इन्टेलिजेन्स (AI) को प्रयोगबारे प्रकाश पार्नुभएको थियो। उहाँले ग्राहकसँगको सम्पर्क, सामाग्री निर्माण र सूचना व्यवस्थापनमा AI प्रविधिलाई कसरी जोड्न सकिन्छ भन्ने विषयमा व्यवहारिक जानकारी प्रस्तुत गर्नुभयो।

सोही क्रममा अर्का प्रशिक्षक संजोग कोइरालाले डिजिटल मार्केटिङ र कानुनी सचेतताबारे सहजीकरण गर्नुभएको थियो। उहाँले अनलाइन माध्यमबाट बीमा व्यवसाय विस्तार गर्ने तरिका सिकाउँदै कानुनी र नियमावलीको मर्यादाभित्र रहेर मात्र सामाग्रीहरू सार्वजनिक गर्न सुझाव दिनुभयो।
प्रशिक्षण पश्चात् आयोजित सम्मान समारोहमा देशभरबाट उत्कृष्ट व्यवसाय गर्ने, सेन्चुरियन क्लब, नेशनल स्टार, नेशनल सुपरस्टार तथा लगातार १० वर्षसम्म चेयरपर्सन क्लबमा पर्न सफल एजेन्टहरूलाई चेयरपर्सन सिंहबाट विशेष सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
कार्यक्रमको समापन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत (CEO) सुरेशप्रसाद खत्रीले नयाँ आर्थिक वर्षमा स्पष्ट रणनीति र उच्च व्यावसायिकताका साथ ग्राहक सेवालाई थप सुदृढ बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा रुपन्देहीको भैरहवास्थित होटल सिद्धार्थ भिलासामा तीन दिने ‘वार्षिक चेयरपर्सन क्लब’ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। आर्थिक वर्ष २०८०/८१ को तोकिएको लक्ष्य पूरा गरी देशभरबाट छनोट भएका ५६५ जना उत्कृष्ट एजेन्ट, विभागीय प्रमुख, प्रदेश प्रमुख तथा शाखा प्रमुखहरूको सहभागितामा उक्त कार्यक्रम सञ्चालन गरिएको हो।