घाइतेका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण

घाइतेका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण

  • सोमवार, अशोज ५, २०८३
  • मिर्मिरे अनलाइन

  • 589
    SHARES

काठमाडौँ, ५ असोजः प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले ‘जेनजी’ आन्दोलनका घाइतेको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

आकस्मिक समयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद प्रकाश पाठकले झापाको बिर्तामोडमा केही दिनदेखि आमरण अनशनमा बसेका जेनजी आन्दोलनका घाइते युवाहरुको माग र उनीहरुको अवस्थाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ ।

झापा क्षेत्र नं ३ का सांसद पाठकले संसद्मा बोल्दै आन्दोलनका घाइतेहरुको न्याय, उपचार र उचित व्यवस्थापनको माग गर्नुभएको हो ।

सांसद ज्ञानबहादुर शाहीले सरकारले राजदूत नियुक्तिमा मापदण्ड निर्धारण गरेको तर हाल सिफारिस गर्दा कार्यान्वयन नगरेको भनी आरोप लगाउनुभयो । उहाँले अन्तरराष्ट्रिय निकायमा काम गरेको व्यक्ति राजदूत पद्का लागि योग्य हुनुपर्ने भए पनि त्यो प्रावधान हाल कार्यान्वयन नभएको टिप्पणी गर्नुभयो ।

सांसद शम्भुकुमार यादवले विद्युतीय प्रयोग गर्दा करेन्ट लागेर मृत्यु हुने घटना बढेको उल्लेख गर्दै सुरक्षित विद्युत्को व्यवस्था गर्न माग गर्नुभयो ।

सिरहामा गत वर्ष करेन्ट लागेका १२६ घटना भएका र त्यसमध्ये ५० जनाको निधन भएको जानकारी गराउँदै उपभोक्ताको चेतनाका साथै विद्युतीय पूर्वाधार, मापदण्ड र सम्बन्धित निकायको जवाफदेहिताको कमी भएको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ