राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

  • सोमवार, अशोज ५, २०८३
  • मिर्मिरे अनलाइन

  • 551
    SHARES

काठमाडौँ, ५ असोजः राष्ट्रियसभाका सदस्यहरुले पछिल्लो समय चामल, दाल र तेललगायतका अत्यावश्यक खाद्य सामग्रीमा निरन्तर भइरहेको मूल्यवृद्धिले न्यून आय भएकालाई दैनिक जीवन चलाउन चुनौती भएको जनाउँदै मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा भाग लिँदै सांसद मीनासिंह रखालले मूल्य वृद्धिले न्यून आय भएकालाई समस्या तुल्याएकाले समस्या समाधान गर्न माग गर्नुभयो ।

सदस्य रामकुमारी झाँक्रीले पछिल्ला दिनमा विद्युतीय सवारीको प्रयोग र दुर्घटना बढिरहेकाले त्यस सम्बन्धी स्पष्ट नीति र कानुन आवश्यक रहेको बताउनुभयो ।

सदस्य रेखाकुमारी यादवले पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गर्नुभयो । पत्रकारले गलत लेखेमा खण्डन गर्ने कानुनी व्यवस्था हुँदाहुँदै आक्रमण गरिनु निन्दनीय भएको उहाँको भनाई थियो ।

सदस्य रोशनी मेचेले अर्थमन्त्रीको भारत भ्रमणका क्रममा समकक्षीसँग भएको भेटवार्तामा किन नेपालको राष्ट्रिय झण्डा नराखेको भनी प्रश्न गर्नुभयो ।
सदस्य सम्झना देवकोटाले देशमा ६० वटा ग्यास भर्ने उद्योग रहेको तर एउटाले अर्काको सिलिण्डर नसाट्दा बजारमा समस्या भएकोबारे सदनलाई जानकारी गराउनुभयो ।

सदस्य सोमनाथ पोर्तेलले वर्तमान सरकारले दलित समुदायको परम्परागत पेसा प्रवद्र्धनका लागि छुट्याइएको रु ५० करोड मध्ये रु ४० करोड रकमान्तर गरेको आरोप लगाउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ