पुवाखोलामा बेलिब्रिज निर्माण

पुवाखोलामा बेलिब्रिज निर्माण

  • आइतवार, अशोज ४, २०८३
  • मिर्मिरे अनलाइन

  • 532
    SHARES

इलाम,४ असोजः इलाम सदमुकामदेखि झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो दुरीको मेची करिडोर (केचना–कञ्चनजङ्घा) अन्तर्गत पुवाखोलामा बेलीब्रिज जडान कार्य सम्पन्न भएको छ ।

इलाम नगरपालिका–९ भाङटार र वडा नं ११ सोयाक जोड्ने पुवाखोलामा बेलिब्रिज जडान सम्पन्न भई आजदेखि यातायात सेवा सञ्चालन गरिएको सडक डिभिजन इलामका सूचना अधिकारी एवं इन्जिनयर अर्जुनकुमार घिमिरेले जानकारी दिनुभयो । सङ्घीय सरकारको रु दुई करोड २० लाख ३४ हजारको लागतमा जडान गरिएको बेलिब्रिजको आज सडक डिभिजन इलामकी लेखा अधिकृत अनिषा बोखीले उद्घाटन गर्नुभयो ।

बेलिब्रिज २३० फिट लम्बाइ र १४ फिट चौडाइको रहेको इन्जिनियर घिमिरेले जानकारी दिनुभयो । बेलिब्रिज जडानका लागि अन्य संरचना आर्थिक वर्ष २०८२÷८३ मा नै तयार भइसकेको भए पनि भारतबाट अनुदानस्वरुप प्राप्त भएको बेलिब्रिजको सामग्री ढुवानी ढिला भएकाले जडान गर्न ढिलो भएको हो । प्राविधिक टोली भारतबाट नै आएर बेलीब्रिज जडानको काम गरेको थियो ।

बेलिब्रिज जडानपछि यहाँका बासिन्दा खुसी भएका छन् । बेलिब्रिज जडान भएपछि सो सडक मेची राजमार्गको वैकल्पिक सडक बनेको इलाम नगरपालिका–११ का तिलक श्रेष्ठले बताउनुभयो । सो स्थानमा आव २०८१÷८२ मा सङ्घीय सरकारको रु एक करोड ४३ लाख ७६ हजार लागतमा जडान गरिएको बेलिब्रिज गत असोज १८ गतेको बाढीले बगाएको थियो । बेलिब्रिज बगाएपछि घाम लागेको समयमा अस्थायी डाइभर्सन निर्माण गरी यातायात सेवा सञ्चालन गरिदैँ आएको थियो ।

इलाम सदरमुकामदेखि झापाको बिर्तामोड जोड्ने छोटो दुरीको केचना–कञ्चनजङ्गा (मेची करिडोर) सडक अन्तर्गत पुवाखोलामा बेलिब्रिज निर्माण भएपछि मेची राजमार्गको विकल्प खुलेको छ । मेची राजमार्गको वैकल्पिक सडकको रुपमा लिइएको सो सडक इलामदेखि बिर्तामोडसम्म ५० किलोमिटर दुरी पर्दछ । इलाम खण्डको माई नगरपालिका क्षेत्रमा १५ किलोमिटर सडक कालोपत्र भइसकेको छ । बाँकी १७ किलोमिटर खण्डमध्ये १४ किलोमिटर ठेक्का लागेर निर्माण भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ