त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङबाट २४ शव बरामद, पहिचानका लागि नुवाकोट ल्याइयो

त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङबाट २४ शव बरामद, पहिचानका लागि नुवाकोट ल्याइयो

  • आइतवार, अशोज ४, २०८३
  • मिर्मिरे अनलाइन

  • 798
    SHARES

नुवाकोट। रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण २१६ मेगावाट क्षमताको त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्र पुरिएका २४ जनाको शव निकालेर नुवाकोट ल्याइएको छ। रसुवाको आमाछोदिङ्गो गाउँपालिका-१ हाकुस्थित आयोजनास्थलको सुरुङबाट असोज १ र २ गते गरी ती शवहरू निकालिएका हुन्।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता एवं डीएसपी इकवाल हवारीका अनुसार सुरुङबाट बरामद गरिएका शवहरूलाई असोज ३ गते नेपाली सेनाको हेलिकप्टरमार्फत नुवाकोटको विदुर नगरपालिका-६ स्थित केन्द्रीय कारागार कार्यालय (खम्बाक्याम्प) परिसरमा ल्याएर राखिएको छ। प्रहरीले बाढीपछि सम्पर्कविहीन रहेका व्यक्तिहरूका आफन्त तथा परिवारजनलाई शव सनाखत र पहिचानका लागि खम्बाक्याम्प परिसरमा सम्पर्क गर्न आग्रह गरेको छ।

शवको सनाखत तथा आवश्यक समन्वयका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोटले प्रहरी निरीक्षक आशिष साह (सम्पर्क नं. ९८५५०९१७५७) लाई जिम्मेवारी तोकेको छ। बाढीका कारण लामो समयदेखि बेपत्ता रहेका नागरिकका परिवारलाई यथाशीघ्र सम्पर्क गरी पहिचान प्रक्रियामा सहयोग पुर्‍याउन प्रहरीले अनुरोध गरेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ