मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • आइतवार, अशोज ४, २०८३
  • मिर्मिरे अनलाइन

  • 494
    SHARES

सर्लाही, ४ असोजःमोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ भने अर्का साइकलयात्री घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार गए राति मलङ्गवार नगरपालिका–११ गम्हरियामा मोटरसाइकलको ठक्करबाट ७० वर्षका वाल्मीकि रायको मृत्यु भएको हो ।

सोही मोटरसाइकलको ठक्करबाट साइकलचालक मलङ्गवा नगरपालिका–४ का ५९ वर्षका महेश महतो घाइते भएका छन् । निजको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न मोटरसाइकल र त्यसका चालक कविलासी नगरपालिका–६ का रामलोचन रायलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ