संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही

संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही

  • शनिबार, अशोज ३, २०८३
  • मिर्मिरे अनलाइन

  • 627
    SHARES

कर्णाली, ३ असोजः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले संविधानतको मर्मअनुसार सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्ने बताउनुभएको छ ।

संविधान तथा राष्ट्रिय एकता दिवस, २०८३ को पावन अवसरमा कर्णाली तथा स्वदेश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुबा, दिदीबहिनी, दाजुभाइहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै उहाँले राजनीति अधिकार प्राप्त भइसकेकाले अब लक्ष्य सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्नु मुख्य जिम्मेवारी भएको बताउनुभएको हो ।

उहाँले भन्नुभएको छ, “संविधानको मर्म र भावनालाई पूर्ण रूपमा व्यवहारमा रूपान्तरण गर्न सबै राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज र आम प्रदेशवासीमा गोलबन्द भएर अगाडि बढ्नुपर्छ । ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’ को प्रादेशिक सङ्कल्प पूरा गर्न कर्णाली प्रदेश सरकार निरन्तर क्रियाशील छ ।” साधनस्रोतको समुचित प्रयोग, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र रोजगारका अवसर सिर्जना गर्दै संविधानले सुनिश्चित गरेका मौलिक अधिकारहरू नागरिकको घरदैलोसम्म पुर्‍याउन प्रदेश सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री शाहीले बताउनुभएको छ ।

त्यसको साथै यस ऐतिहासिक दिनमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका साथै कर्णाली प्रदेश प्राप्तिका लागि भएको ऐतिहासिक आन्दोलन, जनआन्दोलन, जनयुद्ध, मधेस आन्दोलन र विभिन्न न्यायपूर्ण आन्दोलनका क्रममा आफ्नो अमूल्य जीवनोत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँले घाइते, बेपत्ता नागरिक तथा लोकतान्त्रिक एवं प्रदेश प्राप्तिको आन्दोलनको नेतृत्व गर्नुहुने अग्रजहरूप्रति उच्च सम्मान एवं श्रद्धा व्यक्त गर्दछु भन्नुभएको छ ।

जनतालाई नै राज्यशक्तिको स्रोतका रूपमा स्थापित गर्दै सार्वभौमसत्ता र सम्प्रभूता जनतामा निहित गराएको यो संविधानले कर्णालीजस्तो भौगोलिक रूपमा विकट तर सम्भावनाले भरिपूर्ण क्षेत्रलाई अधिकारसम्पन्न बनाएको उल्लेख गर्दै मुख्यमन्त्री शाहीले संविधान ल्याउन आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै यसको संरक्षण, प्रवर्द्धन र सफल कार्यान्वयनमा जोड दिन सबै सरोकारवालामा आग्रह गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ