बाढीले सर्वस्व बगाएकी विष्णुकुमारीलाई नयाँ जीवन: केएमसीमा भयो निःशुल्क मिर्गौला प्रत्यारोपण

बाढीले सर्वस्व बगाएकी विष्णुकुमारीलाई नयाँ जीवन: केएमसीमा भयो निःशुल्क मिर्गौला प्रत्यारोपण

  • शनिबार, अशोज ३, २०८३
  • मिर्मिरे अनलाइन

  • 627
    SHARES

भोटेकोशी बाढीमा सर्वस्व गुमाएकी विष्णुकुमारीको केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण सफल, स्वस्थ भई घर फर्किइन्

काठमाडौँ। भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीबाट सर्वस्व गुमाएकी ४१ वर्षीया विष्णुकुमारी डंगोल काठमाडौँ मेडिकल कलेज (केएमसी) मा सफलतापूर्वक निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण रूपमा स्वस्थ भई डिस्चार्ज भएकी छन्। उनलाई पति राजकुमार डंगोलले मिर्गौला दान गरेका हुन्।

बाढीले घरबारका साथै उपचारका लागि जोगाएको रकमसमेत बगाएपछि जीवन र मृत्युको दोसाँधमा पुगेकी विष्णुकुमारीको दयनीय अवस्थाबारे थाहा पाएपछि नेपाली कांग्रेसका नेता तथा केएमसीका सञ्चालक डा. सुनीलकुमार शर्माले सम्पूर्ण उपचार तथा खानपिन निःशुल्क गराउने घोषणा गरेका थिए। त्यसलगत्तै ट्रान्सप्लान्ट सर्जन डा. सुरेश महर्जन, डा. विजयमानसिंह कटुवाल, डा. अनिल पोख्रेलसहितको टोलीले प्रत्यारोपण प्रक्रिया अघि बढाएको थियो।

अस्पतालबाट घर फर्किंदै गर्दा डंगोल दम्पतीले चिकित्सक टोली र डा. शर्माप्रति भावुक हुँदै आभार व्यक्त गरे। राजकुमारले आफूहरूले वास्तविक जीवनमा भगवान् भेटेको अनुभव सुनाउँदै जीवनदान दिएकोमा कोटी-कोटी नमन गरे। केएमसीमा हालसम्म गरिएका सबै ८६ वटा मिर्गौला प्रत्यारोपण शतप्रतिशत सफल भएका छन्, जसमध्ये विष्णुकुमारी ८६ औँ बिरामी हुन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ