भोटेकोशी बाढी प्रभावित बालबालिकालाई शेष घले र जमुना गुरुङको ५७ करोड ८५ लाख सहयोग

भोटेकोशी बाढी प्रभावित बालबालिकालाई शेष घले र जमुना गुरुङको ५७ करोड ८५ लाख सहयोग

  • शनिबार, अशोज ३, २०८३
  • मिर्मिरे अनलाइन

  • 741
    SHARES

काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घले र उनकी पत्नी जमुना गुरुङले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाहरूका लागि ५७ करोड ८५ लाख रुपैयाँसम्मको दीर्घकालीन सहयोग घोषणा गरेका छन्। घले दम्पतीको परोपकारी संस्था ‘एमआईटी ग्रुप फाउन्डेसन’ ले राष्ट्रिय बाल अधिकार परिषद्सँग समझदारी पत्र (MoU) मा हस्ताक्षर गर्दै उक्त सहयोग रकम खर्च गर्ने जनाएको छ।

सहयोग कार्यक्रमअनुसार बाढीका कारण प्रभावित १८ वर्षमुनिका बालबालिकाहरूलाई कक्षा १२ सम्मको शिक्षा, आवास, खाना, कपडा र स्वास्थ्य उपचारजस्ता आधारभूत आवश्यकताहरू पूरा गरिनेछ। विपद्का बेला तत्काल उद्धार मात्र नभई बालबालिकाको भविष्य सुरक्षित गर्न दीर्घकालीन रूपमा साथ दिने उद्देश्यले यो सहयोग गर्न लागिएको घलेले सामाजिक सञ्जालमार्फत स्पष्ट पारेका छन्।

बाढीले कतिपय बालबालिकाको जीवनमा अपूरणीय क्षति पुर्‍याएको उल्लेख गर्दै घलेले यो सहयोग रकममा मात्र सीमित नभएर बालबालिकालाई कठिन समयमा कोही साथमै छ भन्ने विश्वास दिलाउन केन्द्रित रहने बताएका छन्। बाढी घटे पनि बालबालिकाले भोग्नुपर्ने समस्या दीर्घकालीन हुने भएकाले उनीहरूले पाउने अवसरमा कमी आउन नदिन कक्षा १२ सम्म सहयोग जारी रहनेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ