भोटेकोसी बाढीका कारण जलविद्युत्‌मा क्षति पुगेपछि भारतद्वारा नेपाललाई ६५४ मेगावाटसम्म विद्युत् निर्यात गर्न स्वीकृति

भोटेकोसी बाढीका कारण जलविद्युत्‌मा क्षति पुगेपछि भारतद्वारा नेपाललाई ६५४ मेगावाटसम्म विद्युत् निर्यात गर्न स्वीकृति

  • सोमवार, भदौ २९, २०८३
  • मिर्मिरे अनलाइन

  • 285
    SHARES

काठमाडौँ। रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण नेपालको जलविद्युत् उत्पादन क्षमतामा ठुलो गिरावट आएपछि भारतले नेपाललाई दैनिक अधिकतम ६५४ मेगावाटसम्म विद्युत् निर्यात गर्ने भएको छ। भारतको विद्युत् मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई १३ सेप्टेम्बर २०२६ देखि ३१ डिसेम्बर २०२६ सम्मका लागि उक्त परिमाणमा विद्युत् निर्यात गर्न औपचारिक स्वीकृति प्रदान गरेको हो।

स्वीकृति अनुसार भारतले मध्यरात १२ बजेदेखि साँझ ६ बजेसम्म (दैनिक १८ घण्टा) नेपाललाई विद्युत् उपलब्ध गराउनेछ। जसअन्तर्गत मुजफ्फरपुर-ढल्केबर ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत अधिकतम ६०० मेगावाट र टनकपुर–महेन्द्रनगर १३२ केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत थप ५४ मेगावाट बिजुली आयात गरिनेछ। भारतले सन् २०२७ जनवरीदेखि निर्यात गरिने विद्युत्‌को परिमाणबारे भने आगामी डिसेम्बरमा पुनरावलोकन गर्ने जनाएको छ।

राष्ट्रिय योजना आयोग र प्राधिकरणको ‘द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन’ (RDNA) अनुसार भोटेकोसी बाढीले ऊर्जा पूर्वाधारमा उपकरण प्रतिस्थापन लागतसहित कुल १ खर्ब ३४ अर्ब रुपैयाँ (८८ करोड ९२ लाख डलर) को क्षति पुर्‍याएको छ भने प्रत्यक्ष आर्थिक नोक्सानी १६ अर्ब ३४ करोड रुपैयाँ बराबरको रहेको छ। बाढीले सञ्चालनमा रहेका २५०.४ मेगावाटका ७ वटा र निर्माणाधीन ५०८.६ मेगावाटका ६ वटा गरी कुल ७५९.०२५ मेगावाट क्षमताका १३ जलविद्युत् आयोजनाका साथै २४.३६ मेगावाट क्षमताका ५ वटा सौर्य ऊर्जा प्लान्टमा व्यापक क्षति पुर्‍याएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी