नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग

नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग

  • सोमवार, भदौ २२, २०८३
  • मिर्मिरे अनलाइन

  • 817
    SHARES

काठमाडौँ, २२ भदौः नेपाल राष्ट्र बैंकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार तथा राहतका लागि आज रु एक करोड ३८ लाख ९९ हजार ४२५ रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ । नेपाल राष्ट्र बैंकका पदाधिकारी तथा कर्मचारीहरूका तर्फबाट सङ्कलित रकम कोषमा जम्मा गरिएको हो ।

राष्ट्र बैंकको गभर्नर कार्यालयद्वारा आज जारी विज्ञप्तिअनुसार भदौ १० गते आएको बाढीबाट प्रभावितहरूका लागि गभर्नर, डिपुटी गभर्नर तथा बैंकमा कार्यरत स्थायी तथा करार तहका कर्मचारीहरूले सामूहिक रूपमा योगदान गरी सङ्कलन गरिएको रकम कोषमा जम्म गरिएको जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी