कुमारी बैंक PCAF मा आबद्ध, दिगो बैंकिङ्ग र जलवायु पारदर्शितामा नयाँ कोसेढुङ्गा

कुमारी बैंक PCAF मा आबद्ध, दिगो बैंकिङ्ग र जलवायु पारदर्शितामा नयाँ कोसेढुङ्गा

  • सोमवार, भदौ २२, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.2K
    SHARES

काठमाडौँ। कुमारी बैंक लिमिटेड वित्तीय क्षेत्रमा वातावरण संरक्षण, जलवायु परिवर्तनको असर न्यूनीकरण र दिगो बैंकिङ्ग अभ्यासलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ पार्टनरशिप फर कार्बन एकाउन्टिङ फाइनान्सिअल्स (PCAF) मा आबद्ध भएको छ। PCAF मा आबद्धतासँगै कुमारी बैंकले आफ्ना कर्जा तथा लगानीका गतिविधिहरूबाट हुने हरितगृह ग्यास (GHG) उत्सर्जनको मापन, व्यवस्थापन र सार्वजनिक प्रकाशन गर्नका लागि विश्वव्यापी मान्यता प्राप्त मापदण्ड तथा विधिहरू प्रयोग गर्नेछ। यस पहलले बैंकको जलवायुसम्बन्धी तथ्याङ्क प्रणाली, जोखिम व्यवस्थापन र दिगो वित्तीय अभ्यासलाई थप सुदृढ बनाउन सहयोग पुर्‍याउनेछ।

न्यून-कार्बन तथा जलवायु-उत्थानशील अर्थतन्त्रतर्फको रूपान्तरणमा वित्तीय क्षेत्रको भूमिकालाई ध्यानमा राख्दै बैंकले आफ्ना लगानीका गतिविधिबाट पर्ने वातावरणीय प्रभाव मूल्याङ्कन गर्ने क्षमता अभिवृद्धि गर्ने र प्राप्त जानकारीलाई भावी वित्तीय निर्णय तथा दिगोपनका पहलमा उपयोग गर्ने लक्ष्य राखेको छ। बैंकका सस्टेनेबल बैंकिङ्ग विभाग प्रमुख अर्पण पौडेलका अनुसार PCAF मा आबद्ध हुनु कुमारी बैंकको दिगोपन यात्राको महत्त्वपूर्ण कोसेढुङ्गा हो। वित्तीय गतिविधिसँग सम्बन्धित उत्सर्जनको दायरा बुझ्न सकेमा जलवायु रणनीति सुदृढ गर्न, पारदर्शिता बढाउन र दिगो अर्थतन्त्रतर्फ अघि बढ्न तथ्यमा आधारित परिपक्व निर्णय लिन मद्दत पुग्नेछ।

सन् २०१९ को सेप्टेम्बरमा स्थापना भएको PCAF वित्तीय संस्थाहरूको एक विश्वव्यापी सहकार्य हो, जसमा हाल विश्वभरका ७०० भन्दा बढी वित्तीय संस्थाहरू आबद्ध भइसकेका छन्। यसमा सहभागी संस्थाहरूले संयुक्त रूपमा वित्तीय क्षेत्रका लागि ग्लोबल GHG एकाउन्टिङ एण्ड रिपोर्टिङ स्ट्यान्डर्ड विकास तथा कार्यान्वयन गर्दै आफ्ना कर्जा र लगानीमार्फत हुने हरितगृह ग्यास उत्सर्जनको समान रूपमा मापन र खुलासा गर्दछन्।

कुमारी बैंकले देशभर रहेका ३०९ शाखा, ३१४ एटिएम, ६५ एक्सटेन्सन काउन्टर, ४९ शाखारहित बैंकिङ्ग एकाइ, १,२३३ POS टर्मिनलका साथै आधुनिक डिजिटल बैंकिङ्ग, मोबाइल बैंकिङ्ग र अन्तर्राष्ट्रिय भिसा कार्ड सेवामार्फत सेवा प्रदान गर्दै आएको छ। बैंकले आफ्ना उत्पादन, जनशक्ति र रणनीतिक साझेदारीमार्फत समावेशी तथा जिम्मेवार बैंकिङ्ग प्रवर्द्धन गर्दै नेपालको दीर्घकालीन आर्थिक रूपान्तरणमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी