उपत्यकामा ग्यास अभाव टार्न बाहिरका जिल्लाबाट दैनिक ३५ हजार सिलिन्डर पठाइँदै

उपत्यकामा ग्यास अभाव टार्न बाहिरका जिल्लाबाट दैनिक ३५ हजार सिलिन्डर पठाइँदै

  • आइतवार, भदौ २१, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.5K
    SHARES

काठमाडौँ। काठमाडौँ उपत्यकामा एलपी ग्यासको अभाव बढेपछि उपत्यकाबाहिरका जिल्लाहरूबाट दैनिक औसत ३५ हजार सिलिन्डर काठमाडौँ पठाउन थालिएको छ।

कृष्णभिरलगायत पृथ्वी राजमार्गका विभिन्न खण्डमा पहिरोका कारण सडक अवरुद्ध भएपछि ग्यास बुलेट सिधै काठमाडौँ आउन सकेका छैनन्। जसका कारण काठमाडौँबाहिरका ग्यास उद्योगहरूबाटै सिलिन्डर भरेर उपत्यका भित्र्याउन थालिएको उद्योगीहरूले बताएका छन्।

नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दका अनुसार उपत्यकामा ग्यासको अभाव हुन नदिन चितवन, मकवानपुर, बारा, पर्सालगायतका क्षेत्रमा रहेका उद्योगहरूबाट सिलिन्डर भरेर काठमाडौँ पठाउने व्यवस्था मिलाइएको छ।

अध्यक्ष चन्दका अनुसार बिहीबार २४ हजार, शुक्रबार ३४ हजार र शनिबार ३५ हजार ग्यास सिलिन्डर काठमाडौँ पठाइएको छ। सडक अवरोधका कारण भारतीय सीमाबाट आउने ग्यास बुलेट रोकिए पनि बाहिरका जिल्लाबाट आपूर्ति सहज बनाएर काठमाडौँको अभाव हटाउने प्रयास भइरहेको उद्योगीहरूले जनाएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी