लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३.२४ करोड सहयोग

लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३.२४ करोड सहयोग

  • बिहिबार, भदौ १८, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.1K
    SHARES

काठमाडौँ, भदौ १८ : लक्ष्मी सनराइज बैंकले भोटेकोशी र त्रिशूली नदीमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा दीर्घकालीन पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३ करोड २४ लाख (३.२४ करोड) आर्थिक सहयोग प्रदान गरेको छ

हालैको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका जिल्लाहरूमा जनधनको ठूलो क्षति हुनुका साथै सर्वसाधारणको जीविकोपार्जन, आवास र पूर्वाधारमा गम्भीर असर पुगेको छ

तत्काल गरिने प्राथमिक उद्धार र राहतका कार्यहरू पश्चात् अब प्रभावित क्षेत्रमा पुनःस्थापना र पुनर्निर्माणका कामहरू प्राथमिकताका साथ अघि बढाउनुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै बैंकले यो सहयोग हस्तान्तरण गरेको जनाएको छ

लक्ष्मी सनराइज बैंकले यस विपद्का कारण आफन्त, घरजग्गा तथा रोजगारी गुमाएका सम्पूर्ण पीडितहरूप्रति समवेदना व्यक्त गर्दै उद्धार तथा व्यवस्थापनमा निरन्तर खटिएका सरकारी निकाय, सुरक्षाकर्मी, स्वयंसेवक तथा स्थानीय समुदायको सराहना गरेको छ। बैंकले आगामी दिनमा पनि प्राकृतिक विपद्‌बाट प्रभावित समुदायको पुनःस्थापना र दीगो पुनर्निर्माणका प्रयासमा हातेमालो गरिरहने प्रतिबद्धता जनाएको छ

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी