रसुवाका विकट क्षेत्रमा राहत नपुगेको भन्दै आङदेम्बेको चिन्ता: ‘मानिस भोकै परेपछि राहत पुगेर के काम?’

रसुवाका विकट क्षेत्रमा राहत नपुगेको भन्दै आङदेम्बेको चिन्ता: ‘मानिस भोकै परेपछि राहत पुगेर के काम?’

  • शनिबार, भदौ १३, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.3K
    SHARES

काठमाडौँ। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले रसुवाका दुर्गम तथा विकट क्षेत्रमा बाढी प्रभावितहरूले अझै राहत पाउन नसकेको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहको गम्भीर ध्यानाकर्षण गराएका छन्। शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेता आङदेम्बेले राहत वितरण प्रणालीलाई तत्काल व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन आग्रह गरेका हुन्।

प्रधानमन्त्री शाहसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै आङदेम्बेले नुवाकोटका तल्लो क्षेत्रहरूमा उद्धार र राहत केन्द्रित भए पनि रसुवाका माथिल्लो भेगहरू अझै उपेक्षित रहेको बताए। सदरमुकाम धुन्चेसम्म हेलिकप्टरबाट केही सामग्री पुगे पनि भौगोलिक रूपमा क्षतविक्षत भएका अन्य विकट स्थानका सर्वसाधारण राहतबाट वञ्चित हुनुपरेको गुनासो स्थानीय जनप्रतिनिधि र सर्वसाधारणले बारम्बार गरिरहेको उनले उल्लेख गरे।

यस्तै, राहत वितरणमा केही सीमित सामाजिक संस्थाहरूलाई मात्र संलग्न गराइएकोमा आपत्ति जनाउँदै उनले राज्य र स्थानीय प्रशासनले विश्वास गरेका अन्य विश्वसनीय गैरसरकारी तथा सामाजिक संस्थाहरूलाई पनि तत्काल परिचालन गर्नुपर्नेमा जोड दिएका छन्। कुनै एक संस्थाको मात्र भर पर्दा राहत पुग्न ढिलाइ हुने र मानिसले खान नपाएर ज्यान गुमाइसकेपछि राहत पुग्नुको कुनै अर्थ नरहने भन्दै उनले गोदाममा सामग्री थुप्रिने अवस्था आउन नदिन सरकारलाई सचेत गराएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी