प्रमुख प्रतिपक्षी दल कांग्रेसद्वारा अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न सरकारसँग माग, आङदेम्बेले भेटे प्रधानमन्त्री बालेन

प्रमुख प्रतिपक्षी दल कांग्रेसद्वारा अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न सरकारसँग माग, आङदेम्बेले भेटे प्रधानमन्त्री बालेन

  • शनिबार, भदौ १३, २०८३
  • मिर्मिरे अनलाइन

  • 741
    SHARES

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाढी प्रभावित क्षेत्रमा सुरुङ तथा भग्नावशेषमा फसेका नागरिकहरूको जीवितै उद्धारका लागि अन्तर्राष्ट्रिय उद्धारकर्ता तथा विशेषज्ञ टोलीलाई तत्काल परिचालनको अनुमति दिन सरकारसँग माग गरेको छ।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रधानमन्त्री बालेन्द्र शाहलाई भेट्दै उक्त आग्रहसहितको ध्यानाकर्षण पत्र बुझाएका हुन्।

नुवाकोटका बाढी प्रभावित क्षेत्रहरूको स्थलगत निरीक्षण गरी काठमाडौँ फर्किएका आङदेम्बेले यसअघि गृहमन्त्री सुधन गुरुङसँग पनि भेटघाट गरेका थिए। प्रधानमन्त्रीसँगको भेटमा उनले उद्धार कार्यलाई थप चुस्त बनाउन विभिन्न सुझावहरू प्रस्तुत गरेका छन्:

अन्तर्राष्ट्रिय उद्धारकर्ताको सहयोग:जलविद्युत् आयोजनाका सुरुङ तथा भग्नावशेषभित्र अझै पनि नागरिक फसेको सम्भावना उच्च रहेकाले जीवितै उद्धारका लागि अत्याधुनिक प्रविधिसहितका अन्तर्राष्ट्रिय विशेषज्ञ टोली खटाउनुपर्ने।
छुट्टाछुट्टै हवाई उद्धार युनिट: नेपाली सेनाले गरिरहेको उद्धार कार्य सराहनीय रहेको उल्लेख गर्दै उद्धारलाई अझ प्रभावकारी बनाउन रसुवा र नुवाकोटका लागि छुट्टाछुट्टै हेलिकप्टर उद्धार युनिट गठन गरी परिचालन गर्नुपर्ने।

सरकारले उद्धार र राहतमा प्राथमिकता दिनुपर्ने कामहरूबारे उनले बुँदागत रूपमा प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी