काठमाडौँ। प्रधानमन्त्री बालेनले बाढी पहिरोबाट अत्यधिक प्रभावित नुवाकोट पुगेर स्थलगत अवलोकन गरी उद्धार तथा राहत कार्यको अद्यावधिक स्थितिबारे जानकारी गराएका छन्। काठमाडौँ फर्किएपछि सामाजिक सञ्जालमार्फत ब्रिफिङ गर्दै उनले संकटको यस घडीमा एक–एक नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी, घाइतेको निःशुल्क उपचार र तत्काल राहत पुर्याउनु सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्।
प्रधानमन्त्रीद्वारा सार्वजनिक मुख्य २० बुँदे अद्यावधिक विवरण:
-विशाल सुरक्षाकर्मी परिचालन: खोजी तथा उद्धारका लागि नेपाली सेनाका ४,२००, नेपाल प्रहरीका ७,२५० र सशस्त्र प्रहरी बलका १,८४५ गरी कुल १३,२९५ जना सुरक्षाकर्मी मैदानमा खटिएका छन्।
-हवाई उद्धार र अस्थायी आवास: ६९ वटा उडानमार्फत ५७३ जनाको उद्धार गरिएको छ। उद्धारमा बिरामी, सुत्केरी, बालबालिका र ज्येष्ठ नागरिकलाई प्राथमिकता दिइएको छ। करिब ३,५०० जनाका लागि विद्यालय र सार्वजनिक भवनहरूमा अस्थायी आवास मिलाइएको छ।
-करोडौँको आपत्कालीन राहत: रसुवाका लागि १ करोड, नुवाकोटका लागि १ करोड र धादिङका लागि ५० लाख रुपैयाँ आपत्कालीन बजेट विनियोजन गरिएको छ। खाद्य तथा गैरखाद्य सामग्रीका १० ट्रक प्रभावित क्षेत्रतर्फ पठाइएको छ।
-स्पतालहरू उच्च सतर्कतामा: वीर hospital, ट्रमा सेन्टर, शिक्षण अस्पताल, पाटन, सिभिल र प्रहरी अस्पताललाई स्ट्यान्डबाइ राखिएको छ। घाइतेहरूको पूर्ण रूपमा निःशुल्क उपचार भइरहेको छ भने ‘भीष्म क्युब’ (BHISHMA CUBE) फिल्ड अस्पताल सेट त्रिशूली पठाइएको छ।
-सञ्चार र इन्धन व्यवस्था: नेपाल टेलिकमका ३८ र एनसेलका ३२ टावर अवरुद्ध भएकाले हेलिकप्टरमार्फत जेनेरेटर र ब्याट्री पठाइँदै छ। -नागरिकका लागि टेलिकम र एनसेलले निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा उपलब्ध गराएका छन्। इन्धन र हवाई इन्धनको पर्याप्त आपूर्ति मिलाइएको छ।
-अन्तर्राष्ट्रिय सहयोग रdrone सर्भे: भारत, अमेरिका, ईयू, डब्ल्यूएचओ, र आईएफआरसीसहितका साझेदारहरूसँग सहयोग समन्वय भइरहेको छ। क्षतिको यथार्थ विवरण सङ्कलनका लागि ड्रोन सर्भे भइरहेको छ।
प्रधानमन्त्री बालेनले बाढी प्रभावित नागरिकहरूसँग राज्य सधैँ साथमा रहेको र उद्धार तथा राहत कार्य पूरा नभएसम्म सरकारी संयन्त्रहरू निरन्तर मैदानमै रहने प्रतिबद्धता व्यक्त गरेका छन्।