प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउँछौँः अर्थमन्त्री वाग्ले

प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउँछौँः अर्थमन्त्री वाग्ले

  • बिहिबार, भदौ ११, २०८३
  • मिर्मिरे अनलाइन

  • 760
    SHARES

काठमाडौँ, ११ भदौः अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढीप्रभावितको उद्धार र राहतको लागि तत्कालै आवश्यक पर्ने स्रोत र आवश्यतामा कमी नहुने गरी काम गरिरहेको बताउनुभएको छ ।

भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वान गरेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै अर्थमन्त्री वाग्लेले बाढीप्रभावितको उद्धार, राहत कार्यमा कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“अहिले यो दुई–चार दिन हामी राहत र उद्धारमा नै खटिरहेका छौँ । अलपत्र पर्नुभएका धेरै नेपाली नागरिक एवं विदेशी पर्यटकहरू सबैको उद्धार चलिरहेको छ,” उहाँले भन्नुभयो, “मौसमले साथ दिएसम्म उद्धारका गतिविधिहरू चलिरहेकै छन् ।”

अर्थमन्त्री वाग्लेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु दुई अर्ब ३४ करोड रहेको बताउनुभयो । “अर्थ मन्त्रालयले गृह मन्त्रालयको लागि एक अर्ब १७ करोड विनियोजन गरिसकेको छ,” उहाँले भन्नुभयो, “हामीसँग अहिले तत्काललाई साधन, स्रोत र आर्थिक आवश्यकतामा कमी नहुने गरेर अगाडि बढ्नको लागि मन्त्रिपरिषद्को बैठकले मलाई जिम्मेवारी दिएको छ ।” अर्थमन्त्री वाग्लेले उद्धार र राहतपछि मात्रै दीर्घकालीन, मध्यकालीनरूपमा पुनर्निर्माणका कामहरू अघि बढाइने बताउनुभयो ।

प्रभावित क्षेत्रमा पुनर्निर्माणको काम भने अत्यास लाग्दो रहेको बताउँदै उहाँले तथ्य र तथ्याङ्क आइसकेपछि २०७२ सालको भूकम्पमा जसरी नै पुनर्निर्माणको महाअभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अर्थमन्त्री वाग्लेले स्रोतसाधन र अन्तरराष्ट्रिय सहयोज जुटाउने काममा पनि सरकार लागिसकेको स्पष्ट पार्नुभयो । “हामीले विश्व बैंकसँग कुरा गरेर करिब रु २५ अर्ब जतिको आर्थिक सहायता जुटाएका थियौँ,” उहाँले भन्नुभयो, “चीन, भारत, जापान सरकारबाट, एसियाली विकास बैंकबाट, इन्टरनेसनल फेडरेसन अफ द रेडक्रस जेनेभाबाट तुरुन्तै सहयोगहरू आउने प्रतिबद्धता हामीले पाएपछि एउटा आत्मविश्वासका साथ हामी अगाडि बढेका छौँ ।”

अर्थमन्त्री वाग्लेले बाढीको कारणले करिब २५ वटा पक्की पुल र ७०० मेगावाट क्षमताको जलविद्युत् आयोजनामा क्षति पुगेको बताउनुभयो । अर्थमन्त्री वाग्लेले सरकारले मात्रै नभएर सबै निकायसँग समन्वय गरेर अघि बढ्ने बताउनुभयो । “समाजका सबै पक्ष, दल, निकायहरू पुनः निर्माणको अभियानमा लाग्नुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी