रसुवागढी पहिरो र त्रिशूली बाढीको वितण्डा: १५७ को मृत्यु, ८१ सुरक्षाकर्मीसहित सयौँ बेपत्ता

रसुवागढी पहिरो र त्रिशूली बाढीको वितण्डा: १५७ को मृत्यु, ८१ सुरक्षाकर्मीसहित सयौँ बेपत्ता

  • बिहिबार, भदौ ११, २०८३
  • मिर्मिरे अनलाइन

  • 171
    SHARES

उत्तरी सीमावर्ती व्यापारिक नाका रसुवागढी क्षेत्रमा आएको भिषण बाढी र पहिरोले नदी किनारका बस्ती पूर्ण रूपमा बगाएको छ। दुर्घटनाको १२ घण्टा बितिसक्दा पनि बेपत्ता हुनेहरूको यकिन संख्या खुल्न सकेको छैन। बुधबार रातिसम्म सुरक्षाकर्मीले विभिन्‍न जिल्लाबाट १५७ जनाको शव फेला पारेका छन् भने उद्धारमा खटिएका ८१ जना सुरक्षाकर्मी नै सम्पर्कविहीन भएका छन्।

भोटेकोसी र त्रिशूली नदी किनारका बस्तीहरू गेग्रानको थुप्रोमा परिणत भएका छन्। रसुवागढीस्थित नेपाल-चीन मितेरी पुल, भन्सार कार्यालय, अध्यागमन, बैंक तथा विभिन्न सरकारी भौतिक संरचना बाढीले सोहोरेर लगेको छ। करिब ४० किलोमिटर सडकखण्ड पूर्ण रूपमा ध्वस्त भएको छ।

हालसम्मको क्षति र उद्धारको अद्यावधिक स्थिति

मानवीय क्षति: रसुवा (३), नुवाकोट (१३), धादिङ (२७), चितवन (६४), गोरखा (१९), तनहुँ (९) र नवलपरासी पूर्व (२२) गरी कूल १५७ जनाको शव भेटिएको छ। धेरैजसो शव चिन्न नसकिने अवस्थामा छन्।

बेपत्ता सुरक्षाकर्मी: नेपाली सेनाका क्याप्टेनसहित ४४ जना, सशस्त्र प्रहरीका इन्सपेक्टरसहित १३ जना र नेपाल प्रहरीका २८ जना गरी ८१ जना सुरक्षाकर्मी हराइरहेका छन्।

अन्य बेपत्ता: ३९१ जना विदेशी पर्यटक, ९३ जना नेपाली पर्यटक तथा ८ वटा बैंकका २६ जना कर्मचारी सम्पर्कविहीन छन्।

उद्धार र उपचार: घाइते ४१ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। सेनाको ७ र निजी क्षेत्रका ८ गरी १५ वटा हेलिकप्टर उद्धारमा परिचालन गरिएका छन्। त्रिशूलीस्थित सैन्य तालिम केन्द्रमा फिल्ड अस्पतालसहितको मेडिकल टिम खटाइएको छ।

सुरक्षा टोली परिचालन: खोजी तथा उद्धारका लागि ६५६ नेपाल प्रहरी, ११ सयभन्दा बढी सशस्त्र प्रहरी र सयौँको संख्यामा नेपाली सेना खटिएका छन्।

सडक सम्पर्क विच्छेद भएका कारण उद्धारमा सकस भइरहेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफन्तको खोजीमा मानिसहरूको भीड छ। गृहमन्त्री सुधन गुरुङ आफैँ विमानस्थल पुगेर उद्धार र उपचारको समन्वय गरिरहेका छन्। खोजी तथा उद्धार कार्य जारी राखिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी