मुख्यमन्त्री कार्यालयमा आपत्कालीन बैठक सुरु, मुख्यमन्त्री थापाद्धारा सावधानी अपनाउन अनुरोध

मुख्यमन्त्री कार्यालयमा आपत्कालीन बैठक सुरु, मुख्यमन्त्री थापाद्धारा सावधानी अपनाउन अनुरोध

  • बुधबार, भदौ १०, २०८३
  • मिर्मिरे अनलाइन

  • 665
    SHARES

हेटौँडा, १० भदौः वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको अध्यक्षतामा अहिले मुख्यमन्त्री कार्यालयमा आपत्कालीन बैठक सुरु भएको छ ।

रसुवामा आएको भीषण बाढीका कारण पुगेको क्षति र तत्काल उद्धार, खोजी एवं औषधोपचार र अन्य व्यवस्थापनका लागि आपत्कालीन बैठक सुरु भएको मुख्यमन्त्री थापा मगरले राससलाई जानकारी दिनुभयो ।

आपत्कालीन बैठकमा प्रदेशका मन्त्री, सचिव, विपद् व्यवस्थापनसँग सम्बन्धित अधिकारी, प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरू, विपद् क्षेत्रका प्रदेशसभा सदस्यहरू सहभागी हुनुहुन्छ ।

विपद् प्रभावित क्षेत्रको अवलोकन गरी राहत–उद्धारको पूर्वतयारीको काम भइरहेको जानकारी दिँदै मुख्यमन्त्री थापा मगरले प्रदेशभित्रका बाढी प्रभावित क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सुरक्षित स्थानमा जान आह्वान गर्नुभयो ।

मुख्यमन्त्री थापा मगरले भन्नुभयो, “बागमती प्रदेश सरकारले आवश्यक समन्वय गरी विपद्को घडीमा गर्नुपर्ने काम सम्पूूर्ण गर्नेछ । त्यसका लागि आवश्यक तयारी भइरहेको छ । आपत्कालीन बैठक सकिनासाथ प्रभावित क्षेत्रको अवलोकन गरेर राहत एवं उद्धारमा कुनै कसर बाँकी राखिने छैन, त्यसैअनुसार प्रदेश सरकार अघि बढ्ने छ ।”
–––

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी