नेपाली कांग्रेसको आधिकारिकता विवाद: सर्वोच्चको पेसीअघि सहमतिको प्रयास, संस्थापन र इतर समूहका आ-आफ्नै अडान

नेपाली कांग्रेसको आधिकारिकता विवाद: सर्वोच्चको पेसीअघि सहमतिको प्रयास, संस्थापन र इतर समूहका आ-आफ्नै अडान

  • मङ्लबार, भदौ ९, २०८३
  • मिर्मिरे अनलाइन

  • 855
    SHARES

काठमाडौँ। १५औँ महाधिवेशनको कार्यतालिका घोषणा र पार्टीको आधिकारिकतालाई लिएर नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद पुनः उत्कर्षमा पुगेको छ। निर्वाचन समितिले भदौ २४ गतेबाट वडा अधिवेशन सुरु गर्ने निर्णय गरेपछि त्यसका विरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान उपसभापति पूर्णबहादुर खड्का सर्वोच्च अदालत पुगेका छन्।

सर्वोच्च अदालत प्रशासनले देउवा र खड्काद्वारा दायर पूरक रिट दर्ता गर्दै भदौ ११ गते बिहीबारका लागि पेसी तोकेको छ। पूर्ण इजलासले आधिकारिकतासम्बन्धी मुद्दा पुनरवलोकनको अनुमति दिइसकेको अवस्थामा संस्थापन पक्षले एकपक्षीय रूपमा महाधिवेशन कार्यतालिका ल्याएको भन्दै इतर समूह अदालत पुगेको हो।

इतर समूहको अडान: १४औँ महाधिवेशनकै समिति कायम हुनुपर्ने

सर्वोच्चको फैसला अगावै सहमति गर्ने हो भने १४औँ महाधिवेशनबाट निर्वाचित समितिलाई नै आधिकारिक मानेर अघि बढ्नुपर्ने इतर समूहको भनाइ छ। इतर समूहका नेता एनपी साउदले मुद्दा विचाराधीन रहेको अवस्थामा देउवाकै नेतृत्वमा १५औँ महाधिवेशन गराउने गरी सहमति हुनुपर्ने तर्क गरेका छन्। देउवाले पुनः सभापति नबन्ने घोषणा गरिसकेकाले विधानसम्मत रूपमा दुवै पक्ष मिलेर अघि बढ्न सकिने साउदको भनाइ छ।

इतर समूहका प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माले देउवाको नेतृत्वमा महाधिवेशन हुने निश्चित भए मात्र सहमति सम्भव हुने स्पष्ट पारेका छन्।

संस्थापन पक्षको तर्क: विधानभित्रै समाधान, गगन थापाद्वारा देउवासँग भेटको प्रयास

उता, संस्थापन पक्षले भने राजनीतिक सहमतिमार्फत विवाद सुल्झाएर महाधिवेशनको वातावरण बनाउन पहल भइरहेको जनाएको छ। विवाद समाधानका लागि सभापति गगन थापाले निवर्तमान सभापति देउवासँग भेट्न समय मागेका छन्। देउवाका स्वकीय सचिव भानु देउवाले थापाले टेलिफोन गरी भेटका लागि समय मागेको पुष्टि गरेका छन्।

संस्थापन पक्षका प्रवक्ता देवराज चालिसेले महाधिवेशनलाई निष्पक्ष र विश्वासीलो बनाउन केन्द्रीय समिति विस्तार, क्रियाशील सदस्यता व्यवस्थापन र निर्वाचन समिति पुनर्गठन जस्ता विषयमा विधानभित्रै रहेर सहमति गर्न सकिने बताएका छन्।

यद्यपि, विशेष महाधिवेशनबाट गगन थापा सभापति चयन भइसकेको र निर्वाचन आयोग तथा सर्वोच्चले त्यसको वैधानिकतालाई स्वीकार गरिसकेकाले देउवालाई पुनः सभापति मानेर जान नसकिने संकेत प्रवक्ता चालिसेले दिएका छन्। विशेष महाधिवेशनको वैधानिकता खारेज नभएकाले विधानले स्वीकृत गर्ने अन्य विकल्पमा भने आफूहरू खुला रहेको उनको भनाइ छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी